News Portal

  • कर्मचारी सरुवामा व्यस्त हुँदा अन्य काम अलपत्र पऱ्यो

    पत्रपत्रिकाबाट
    २४७ पटक

    मंसिर-३०,शनिबार/काठमाडौं – संधीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय कर्मचारी सरुवामा व्यस्त हुँदा संधीयता सहजीकरणको काम अलपत्र पर्दै आएको छ । तीनै तहमा कर्मचारी व्यवस्थापन र सङ्घीयता कार्यान्वयनमा सहजीकरण गर्ने मुख्य जिम्मेवारी रहेको मन्त्रालयको सबै ध्यान कर्मचारी सरुवामा मात्र केन्द्रित छ ।

    निजामती सेवा ऐनले साउन र भदौ महिनामा कर्मचारी सरुवा गर्ने समय तोके पनि बाह्रमासे कर्मचारी सरुवाले संधीयता कार्यान्वयनमा सहजीकरण गर्ने काम ओझेलमा परेको हो । 

    पूर्वसचिव पूर्णचन्द्र भट्टराईले कर्मचारी प्रशासन महाशाखा कर्मचारी सरुवाको काममा लाग्दा अन्तिम निर्णय सचिवले गर्नुपर्ने र सचिवको अधिकांश समय नै कर्मचारी सरुवाको काममा बित्ने गरेकाले संधीयता सहजीकरणको काममा सुस्तता आएको बताए। उनले भने, “मन्त्रालयका सबै महाशाखा कर्मचारी सरुवामा नलागे पनि सचिव र मन्त्रीलाई कर्मचारी सरुवाको भार थपिँदा संधीयता सहजीकरणको काम अलि सुस्त भएको जस्तो देखिन्छ ।”  

    उनका अनुसार संध, प्रदेश र स्थानीय तहका तीनवटै तहको काममा सहजीकरण गर्नका लागि फाजिलमा रहेका कर्मचारी व्यस्थापन गर्नुपर्ने, स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहका कर्मचारीको मापदण्ड संधीय सरकारले बनाउने उल्लेख गरेकाले तत्काल मापदण्ड निर्माण गर्नुपर्ने, कर्मचारी र जनप्रतिनिधिको क्षमता विकास गर्नुपर्ने जस्ता विविध कारण समस्या देखिएको छ ।

    संधीय व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्न सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले २०७९ जेठ २० मा सरकारलाई प्रतिवेदन बुझाएको थियो । सरकारलाई बुझाएको ९९ बुँदे निर्देशनमा संधीयता कार्यान्वयनमा सहजीकरण गर्ने अधिकांश काम संधीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्नुपर्ने उल्लेख छ । 

    नागरिकप्रतिको जवाफदेहीसम्बन्धी औजार अनिवार्य रूपमा प्रयोग गरी पारदर्शिता र विश्वसनीयता स्थापित गर्ने एवं कर्मचारीका निम्ति जवाफदेहीसम्बन्धी कानुन बनाउने, सेवाग्राहीको बढी भिड हुने मालपोत, नापी कार्यालय, यातायात, भन्सार, वैदेशिक रोजगार, कर, जिल्ला प्रशासन, गाउँपालिका, नगरपालिकालगायतका कार्यालयले दिने सेवालाई छिटोछरितो बनाउन अनलाइन प्रणालीमा सेवा प्रवाह, सेवाग्राही सहायता कक्ष, सिसी क्यामरा जडानलगायतका विधि प्रयोग गर्ने काम गर्न सरकारलाई निर्देशन गरेको थियो । 

    संधीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव डाक्टर नारायण रेग्मीले भने मन्त्रालयले संधीयता कार्यान्वयनमा सहजीकरण गर्ने काम गरिरहेको दाबी गरे । उनले आगामी दिनमा मन्त्रालयले कर्मचारी सरुवा व्यवस्थापन र संधीयता कार्यान्वयन गर्ने कामलाई व्यवस्थित रूपमा अगाडि बढाउने योजना मन्त्रालयले बनाइरहेको बताए। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २१ गतेको राशिफल

    आज असोज २१, २०८२ (अक्टोबर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रचण्डले बताए माओवादी सक्रियताका साथ निर्वाचनमा भाग लिने

    काठमाडौं, असोज २०  – नेकपा माओवादी केन्द्रका पूर्वअध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी आगामी निर्वाचनमा सक्रियताका...

    ओली र लेखक पक्राउको माग गर्दै सुदन गुरुङको ह्याशट्याग अभियान सुरु

    काठमाडौँ, असोज २० – जेनजी आन्दोलनका क्रममा भएको दमनको विरोधस्वरूप ‘हामी नेपाल’ का संयोजक सुदन...

    एमालेभित्र नेतृत्वको बहस चर्किँदै, ११औं महाधिवेशनको तयारी तीव्र

    काठमाडौं, असोज २० – नेकपा एमालेभित्र जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनबारेको बहस तीव्र बनेको छ। अध्यक्ष केपी...

    युवा शक्ति टीम कुवेतद्वारा नेपाली दूतावासमा ज्ञापनपत्र बुझाए

    कुवेत – नेपाली श्रमिकहरूको हक हित,सुरक्षा र समस्याहरूको समाधानको माग गर्दै कुवेतस्थित युवा शक्ति टीम कुवेतले नेपाली...