News Portal

  • नेपालीभाषी भुटानीहरुले मनाए पुनर्वास एक दशक !

    ७६६ पटक

    नारायण खड्का/अस्ट्रेलिया : अस्ट्रेलियाका विभिन्न शहरहरुमा शरणार्थीका रुपमा पुनर्वासमा आएका नेपालीभाषी भुटानीहरुले पुनर्वासको एक दशक विभिन्न कार्यक्रमहरु गरेर मनाएका छन्। भुटानबाट लखेटिएपछि नेपालको पूर्वी क्षेत्रहरुमा बसोबास गर्दै आएका नेपालीभाषी भुटानीहरुलाई अष्ट्रेलियाले सन २००८ देखि पुर्नवासमा ल्याएको थियो ।

    पुनर्वासमा आएको एक दशक पुगेको अवसरमा उनीहरुले कलासंस्कृति, परम्परा र खानाहरुका साथ अतिथीहरुलाई स्वागत गरेका थिए भने नयाँ जीवन जीउने अवसर दिएको भन्दै अस्ट्रेलिया तथा यहाँका जनताहरुलाई धन्यवाद समेत दिएका थिए । कार्यक्रममा विभिन्न नेपाली गीतसंगीतहरुमा नृत्य, गायनहरु समेत प्रस्तुत गरिएको थियो ।

    अस्ट्रेलियामा अहिले करिब ७ हजारको संख्यामा नेपालीभाषी भुटानीहरु रहेको बताईन्छ । अस्ट्रेलियाले मुख्य गरेर दक्षिण अस्ट्रेलिया र अल्बरीमा ठूलो संख्यामा उनीहरुलाई स्थापित गराएको छ भने मेल्बर्नका विभिन्न स्थानहरुका साथै तास्मानिया, ब्रिसबन, केन्स, सिड्नी लगायतका स्थानहरुमा समेत उल्लेख्य संख्यामा उनीहरुलाई पुनर्वास गराएको छ ।

    १० वर्षको अवधिमा आफुहरुले पाएको सफलता र पाएको नयाँ जीवनलाई उत्साहका साथ मनाउनका लागि विशेष कार्यक्रमको आयोजना गरिएको उनीहरुले बताएका छन् । ‘हाम्रो मुख्य उद्देश्य नै आफुहरुलाई अस्ट्रेलियाली सरकार र यहाँका जनताले दिएको साथ, माया र विश्वासलाई सम्मान गर्ने र सम्बन्धलाई अझ विस्तार गर्ने हो ।’ भुटानी युवा तथा कलाकार दुर्गा रिमालले कान्तिपुरसँग भने ।

    तास्मानिया, मेल्टन, एडिलेड र अल्बरीमा रहेका नेपालीहरुले कार्यक्रम सम्पन्न गरिसकेका छन् भने सिड्नीमा केही दिनमा आयोजना गर्ने तयारी भइरहेको छ । कार्यक्रममा सहभागिहरुले आफू नेपालको विभिन्न शिविरहरुममा रहन्दादेखि अस्ट्रेलियामा आएर गरिएको संघर्षहरुलाई सम्झना गरेका थिए । अस्ट्रेलियाली सरकार तथा काउन्सिलको तर्फबाट सहभागीहरुले शरणार्थीको रुपमा आएपनि अस्ट्रेलियालाई बहुसांस्कृतिक देश बनाउन पुर्याएको योगदानको प्रशंसा गरेका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रुपन्देहीमा नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण: थप एक व्यक्ति पक्राउ

    बुटवल, भदौ ६ – रुपन्देही प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने र वितरण गर्ने कारोबारमा संलग्न...

    डेंगु सङ्क्रमण ७४ जिल्लामा फैलियो, स्वास्थ्य सचेतनामै जोड

    काठमाडौँ, भदौ  ६ – वर्षा सुरु भएसँगै देशभर डेंगु सङ्क्रमण बढ्न थालेको छ। इपिडिमियोलोजी तथा...

    लिपुलेक नेपालकै भूमि हो, सरकार पछि हटेको छैन : प्रवक्ता गुरुङ

    पोखरा, भदौ ६ – सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले लिपुलेक,...

    एमाले नेतृत्वविरुद्ध विद्या भण्डारीको अडान : विकृति र विसंगतिविरुद्ध निरन्तर लडिरहने घोषणा

    काठमाडौं, भदौ ६ – पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्या भण्डारीले पार्टी नेतृत्वले गरेको...

    बिधायकहरु नै खाली कागजमा सहीछाप गर्ने ?

    – कमला थापा २०८२ भदौ ६ गते शुक्रबार। राजनैतिक दलहरुमा देखिएको अराजक परिस्थितिले फेरि अर्को...