News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • राष्ट्रिय स्वतन्त्र पार्टीले देशको ७ प्रदेशमा एक-एक वडा अधिवेशन आजबाट शुरु

    पत्रपत्रिकाबाट
    १४५ पटक

    मंसिर-२८,बिहिबार/काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर २८ गते बिहिबारदेखि महाधिवेशन प्रक्रिया शुरु गर्न लागेको छ। आज देशको ७ वटा प्रदेशमा एक–एक वडा अधिवेशन गर्दै तलबाट महाधिवेशन प्रक्रिया शुरु गर्न लागेको सचिवालय सदस्य सन्तोष परियारले जानकारी दिए।

    राष्ट्रिय स्वतन्त्र पार्टीले ‘मंसिर ११, १२, १३ गते महोत्तरीमा बसेको केन्द्रीय समितिको बैठकले महाधिवेशनसम्बन्धि कार्यविधि र सांगठनिक संरचना पारित गरेको थियो। तदनुरूप नै हामीले देशको ७ वटा प्रदेशमा वडा अधिवेशन गर्न लागेका छौं। देशका प्रदेशका एक–एक वडामा अधिवेशन हुनेछ। त्यसका लागि केही पदाधिकारी र केन्द्रीय प्रतिनिधि खटाएका छौं,’ परियारले भने।

    पूर्वाञ्चको कोशी प्रदेशमा केन्द्रीय सदस्य विजय जैरू उनी इटहरी उपमहानगरपालिका वडा नम्बर २० को अधिवेशनमा सहभागी हुने कार्यतालिका रहेको छ ।त्यस्तै, सहमहामन्त्री सुमना श्रेष्ठ मधेस जानेछिन्। उनी जीतपुरसिमरा उपमहानगरपालिकाको वडा अधिवेशनमा सहभागी हुने छ। महामन्त्री मुकुल ढकाल बागमती प्रदेशमा खटिएका छन्। चितवनको भरतपुर महानगरपालिका–११ को वडा अधिवेशनमा उनी सहभागी हुनेछ। 

    संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार गण्डकी प्रदेशअन्तर्गत् कास्की जिल्ला जाने कार्यक्रम रहेको छ। उनी पोखरा महानगरपालिकाको वडा नम्बर १० को अधिवेशनमा सहभागी हुनेछन्। कोषाध्यक्ष नीला अधिकारी बुटवल उपमहानगरपालिका वडा नम्बर १३ को अधिवेशनमा सहभागी हुनेछिन्। संगठन विभागका सचिव शंकर श्रेष्ठ सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर ६ को अधिवेशनमा सहभागी हुनेछन्।

    त्यस्तै, सहमहामन्त्री विपिन आचार्य कैलालीको टीकापुर नगरपालिकाको वडा अधिवेशनमा सहभागी हुनेछन्। रास्वपाले यसअघि वडा तहमा तदर्थ समिति बनाएको थियो। अहिले नयाँ प्रक्रियाद्वारा अधिवेशन गर्न लागिएको श्रोतले बताए । रास्वपाले मनोनीतसहित ११ सदस्यीय वडा समिति गठन गर्ने योजना रहेको छ।

    रास्वपाले वडा समिति समावेशी चरित्रको हुने समेत जानकारी दिएको छ। गत मंसिर २१ गतेसम्म रास्वपाको सदस्य बनेकाले चुन्ने र चुनिने प्रक्रियामा सहभागी हुन पाउने पनि पार्टीले जानकारी दिएको छ।पहिलो चरणको वडा अधिवेशन खुला मतदानद्वारा हुने पार्टीले बताएको छ। रास्वपाले केन्द्रीय महाधिवेशन मिति भने अझै तोकिसकेको छैन।

    प्रतिकृया दिनुहोस्

    नेपाल ल क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न : १३ विद्यार्थी संगठनको सहभागिता

    काठमाडौं, वैशाख ८ — राजधानीको प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आज...

    ८ वटा संघीय अस्पतालमा वैशाखभित्रै थपिँदैछ १५ स्वास्थ्य सेवा

    काठमाडौं, वैशाख ८ – देशभरका संघीय अस्पतालहरूमा स्वास्थ्य सेवा विस्तारको क्रम जारी छ। यही वैशाख...

    रतुवामाईको कोल्ड स्टोर सञ्चालनमा आएन

    मोरङ, वैशाख ८ – मोरङको रतुवामाई नगरपालिका–४ स्थित झुर्किया बजारमा निर्माण सम्पन्न भएको कोल्ड स्टोर...

    आजको राशिफल

    आज वैशाख ८, २०८२ (अप्रिल २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    देउवालाई कांग्रेस नेताहरूको प्रश्न: सिंगापुर उपचारपछि बैंकक फलोअप, के हो रहस्य?

    ७ वैशाख, काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवालाई हालै स्वास्थ्य उपचारका लागि सिंगापुर र बैंककको...