आजको मौसम पूर्वानुमान: देशको पहाडी भूभागमा आंसिक बदली रहने अन्य ठाउमा सामान्यतया सफा

मंसिर-२८,बिहिबार/कठामाडौं – नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको कारण मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, आज दिउँसो कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ समेत बुलेटिनमा उल्लेख गरिएको छ।
त्यस्तै, प्रदेश नं. १ मा रातीका समयमा पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहने समेत महाशाखाले बुलेटिनमा उल्लेख गकेको छ।
















