News Portal

  • बिरामी बोकेको एम्बुलेन्समा चरेस सहित चालक पक्राउ

    पत्रपत्रिका संगालो
    २८५ पटक

    मंसिर २६, मंगलबार/काठमाडौं – बझाङबाट बिरामी लिएर आएको एम्बुलेन्सबाट प्रहरीले लागुऔषध चरेस बरामद गरेको छ । दुई किलो आठ सय ग्राम चरेससहित एम्बुलेन्स चालकलाई धनगढीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार बझाङको रायल प्राथमिक स्वास्थ्य चौकीको सु.प.प्र. ०१००१ झ ०५४२ नम्बरको एम्बुलेन्स बिरामी बोकेर सोमबार धनगढी आएको थियो ।

    एम्बुलेन्सबाट दुई किलो आठ सय ग्राम चरेस बरामद गर्नुका साथै चालक केदारस्युँ गाउँपालिका- ३, बस्ने ३७ वर्षीय रामबहादुर खातीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए । 

    एम्बुलेन्समा चरेस ल्याएको सूचनाका आधारमा प्रदेश प्रहरी कार्यालयको क्षेत्रीय अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय धनगढीको संयुक्त टोलीले चरेससहित चालकलाई पक्राउ गरेको उनले बताए । 

    बिरामीलाई अस्पताल पुर्‍याएपछि धनगढी उपमहानगरपालिका– ४, बाट चरेससहित एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरीले जनाएको छ । बझाङबाट ल्याइएको चरेस कसको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक चन्दले बताए । 

    सोमबार नै प्रहरीले धनगढी उपमहानगरपालिका– ३, त्रिनगर भन्सार नाकाबाट लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । डोटीको केआइसिंह गाउँपालिका– १ घर भएका २० वर्षीय निश्चल शाही र केआइसिंह– २, घर भएका २१ वर्षीय मनोज रावललाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरूको साथबाट एक सय ३० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए । यो समाचार आजको नयाँ पत्रिकामा लेखिएको छ। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २१ गतेको राशिफल

    आज असोज २१, २०८२ (अक्टोबर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रचण्डले बताए माओवादी सक्रियताका साथ निर्वाचनमा भाग लिने

    काठमाडौं, असोज २०  – नेकपा माओवादी केन्द्रका पूर्वअध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी आगामी निर्वाचनमा सक्रियताका...

    ओली र लेखक पक्राउको माग गर्दै सुदन गुरुङको ह्याशट्याग अभियान सुरु

    काठमाडौँ, असोज २० – जेनजी आन्दोलनका क्रममा भएको दमनको विरोधस्वरूप ‘हामी नेपाल’ का संयोजक सुदन...

    एमालेभित्र नेतृत्वको बहस चर्किँदै, ११औं महाधिवेशनको तयारी तीव्र

    काठमाडौं, असोज २० – नेकपा एमालेभित्र जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनबारेको बहस तीव्र बनेको छ। अध्यक्ष केपी...

    युवा शक्ति टीम कुवेतद्वारा नेपाली दूतावासमा ज्ञापनपत्र बुझाए

    कुवेत – नेपाली श्रमिकहरूको हक हित,सुरक्षा र समस्याहरूको समाधानको माग गर्दै कुवेतस्थित युवा शक्ति टीम कुवेतले नेपाली...