News Portal

  • टोपबहादुर रायमाझीका छोरा सन्दीपद्वारा कान्तिपुरकर्मीमाथि हातपात, बुम माइक फुटाइयो

    हिमालीसंचार संवाददाता
    ३११ पटक

    काठमाडौं। नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका एक आरोपी सन्दीप रायमाझीले कान्तिपुर टेलिभिजनका पत्रकारमाथि हातपात गरेका छन्। काठमाडौं जिल्ला अदालत परिसरमा दृश्य खिचिरहेका कान्तिपुर टेलिभिजनका पत्रकार सञ्जय लुइँटेलमाथि सन्दीपले हातपात गरेका हुन्।

    उच्च अदालत पाटनबाट ३० लाख धरौटीमा रिहाइको आदेश पाएका सन्दीपलाई प्रहरीले आज (मंगलबार) दिउँसो जिल्ला अदालत लगेको थियो।

    अदालतबाट फर्काएर प्रहरीको गाडीमा चढाउने क्रममा सन्दीपले दृश्य छायांकन गरिरहेका लुइँटेल र उनको क्यामेरामाथि मुक्का प्रहार गरेका हुन्। सन्दीपको प्रहारबाट क्यामेराको बुम माइक फुटेको छ। लुइँटेलको गालामा चोट लागेको छ।

    सन्दीप नक्कली भुटानी शरणार्थी मुद्दामा पुर्पक्षका लागि थुनामै रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा हुन्। उच्च अदालतको आदेशअनुसार सन्दीपले आज धरौटीस्वरुप ३० लाखको बैंक ग्यारेन्टी बुझाएका छन्।

    उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपनि सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत रायमाझीमाथि अनुसन्धान गरिरहेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २३ गतेको राशिफल

    आज मंसिर २३, २०८२ (डिसेम्बर ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    २७ बुँदे मागबारे प्रधानमन्त्री–प्रसाईं भेट, छलफल तीव्र

    काठमाडौं, मंसिर २२ – देशको राजनीतिक वातावरण तंग भइरहेका बेला नागरिक बचाउ दलका संरक्षक दुर्गा...

    श्रम संस्कृति पार्टीका साम्पाङको चुनावी दाबी: “हामीले नै सरकार बनाउँछौं”

    काठमाडौं, २२ मंसिर – श्रम संस्कृति पार्टीका सभापति तथा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)...

    काठमाडौंमा श्रम संस्कृति पार्टीको पहिलो सभा सम्पन्न

    काठमाडौं, २२ मंसिर – हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले काठमाडौंमा आफ्नो पहिलो औपचारिक सभा...

    सिनामंगलमा असईद्वारा चार महिनाको शिशुको हत्या, नागढुंगाबाट पक्राउ

    काठमाडौं, २२ मंसिर – राजधानीको सिनामंगलमा एक प्रहरी अधिकृतले आफ्नै चार महिनाको शिशुको ज्यान लिएपछि घटना...