News Portal

  • रुसी सेनामा रहेका ६ नेपालीको मृत्यु भएको पुष्टि, एकजना युक्रेनमा बन्दी अन्य नेपालीलाई नेपाल फर्काउन आग्रह

    हिमालीसंचार संवाददाता
    १५९ पटक

    काठमाडौं – परराष्ट्र मन्त्रालयले रुसी सेनामा कार्यरत ६ जना नेपाली नागरिकको मृत्यु भएको र एकजना युक्रेनी सेनाको बन्दी अवस्थामा रहेको जानकारी दिएको छ।

    रुसले परराष्ट्रलाई यो जानकारी पठाएको परराष्ट्रले जनाएको छ। यसअघि रुसस्थित नेपाली दूतावासले तीनजना नेपालीहरूको मृत्यु भएको जानकारी परराष्ट्र मन्त्रालयलाई पठाएको थियो।

    परराष्ट्र मन्त्रालयलाई प्राप्त जानकारीअनुसार रुसी सेनामा कार्यरत गोर्खाका सन्दीप थपलिया, वाणगंगा– १ कपिलवस्तुका रूपक कार्की, कास्कीका देवान राई, पुतलीबजार स्याङ्जाका पितम कार्की, मेलुङ गोरखाका राजकुमार रोका र इलामका गंगाराज मोक्तानको मृत्यु भएको हो।

    ‘नेपाल सरकारले रुसी सरकारलाई निजहरूको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरेको छ,’ परराष्ट्रले भनेको छ। नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउनसमेत नेपाल सरकारले रुसी सरकारलाई अनुरोध गरेको परराष्ट्रले जनाएको छ।

    परराष्ट्रका अनुसार रुसी सेनामा भर्ना भएका विवेक खत्री हाल युक्रेनमा बन्दी अवस्थामा छन्। उनलाई  नेपाल फिर्ता गर्ने सम्बन्धमा समेत कूटनीतिक पहल भइरहेको परराष्ट्रले जनाएको छ।

    ‘सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकहरूलाई रुस यात्रा गर्नुपरेमा परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभाग, त्रिपुरेश्वरबाट जारी गरिने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी)लिएर मात्र यात्रा गर्नु हुन सर्सावधारण सबैमा मन्त्रालय हार्दिक अपिल गर्दछ,’ परराष्ट्रले भनेको छ, ‘कसैको प्रलोभनमा परी वा गलत सूचनाको आधारमा युद्धग्रस्त मुलुकहरूको सेनामा भर्ना नहुन परराष्ट्र मन्त्रालय सम्बन्धित सबैमा पुनः हार्दिक अनुरोध गर्दछ।’

    परराष्ट्रले गत साउन १६ गते विज्ञप्तिमार्फत विदेशी सेनामा नेपाली नागरिकहरू भर्ना सम्बन्धमा भारत र बेलायतबाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने नेपाल सरकारको नीति नरहेको जानकारी गराइसकेको पनि पुनः स्मरण गराएको छ। यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    संसदको गतिबिधिले जनतामा छाएको निरासा – कमला थापा

    २०८२असार ६ गते शुक्रबार संसदमा अहिले आर्थिक बजेट ०८२/८३ माथि छलफल सुरु भैरहेको छ। साथै...

    तीन दलको बैठकमा सत्य निरूपण आयोगको कार्यालय सार्ने निर्णय, अनावश्यक भाडा खर्चप्रति असन्तोष

    काठमाडौं, असार ६ – संक्रमणकालीन न्याय प्रक्रियामा सक्रिय सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यालय अहिले...

    भिजिट भिसा प्रकरणमा रास्वपा र राप्रपा एकै धारमा, संसद् बहिष्कार गर्दै दबाव बढाउँदै

    काठमाडौं, असार ६ – भिजिट भिसा प्रकरणलाई लिएर लामो समयदेखि आ-आफ्नै शैलीमा विरोध गर्दै आएका...

    बेल्जियमस्थित नेपाली दूतावासमा अन्तरक्रिया

    ब्रसेल्स। ब्रसेल्सस्थित नेपाली दूतावासले बेल्जियममा सक्रिय नेपाली संघसंस्था एवम् समाजका अगुवाहरुसंग अन्तरक्रिया गरेको छ। बेनेलक्स...

    सर्वोच्चले एनआरएनए विवादबारे सुनाएको पुनरावलोकनको निस्साको अर्थ के हो ?

    ‘फैसला अनुसार काम सम्पन्न भइसक्यो’ काठमाडौं, असार ६ — सर्वोच्च अदालतको पूर्ण इजलासले गैरआवासीय नेपाली...