News Portal

जेब्राक्रसिङमा पोलिकन क्रसिङ लाइटको प्रयोग : बटुवाले नै बटन थिचेर रातो बत्ती बाल्न सक्ने

हिमालीसंचार संवाददाता
३२० पटक

काठमाडौं – काठमाडौं जिल्ला बबरमहलस्थित अदालतअगाडिको जेब्राक्रसिङमा बाटो काट्न आधुनिक शैली सुरु गरिएको छ । बटुवाले आफैँ बटन थिचेर रातो बत्ती बाल्ने, अनि बाटो काट्ने ‘पोलिकन क्रसिङ लाइट’ सिस्टम सोमबारदेखि सञ्चालन गर्न लागिएको हो ।

काठमाडौं महानगरपालिकाले जेब्राक्रसको छेउमा रहेका पोलमा बटन राखेर ‘पोलिकन क्रसिङ लाइट’ जडान गरेको हो। यो लाइट थिच्दा सवारीसाधन आइरहेको साइडमा रातो र जेब्राक्रसपट्टि हरियो बत्ती बल्नेछ। एकपटक बटन थिचेपछि ३० सेकेन्डसम्म बत्ती बल्ने र उक्त समय सकिएको दुई मिनेटसम्म पुनः बटन थिच्दा बत्ती नबल्ने सिस्टममा सेट गरिएको छ । 

रातो बत्ती बलेपछि सवारीसाधन रोकिन्छन् र यात्रुले बाटो काट् मिल्छ। यात्रुको चापअनुसार भोलिका दिनमा समय सेटिङमा केही फेरबदल गर्न सक्ने महानगरका ट्राफिकविज्ञ जगतमान श्रेष्ठले बताए ।

नेपालमैं ‘पहिलो पटक प्रयोगमा ल्याएको लाईट बबरमहलमा पोलिकन क्रसिङ लाइट जडान गरिएको हो, यो लाइट थिचेपछि ३० सेकेन्ड यात्रुले बाटो क्रस गर्न पाउँछन्,’ उनले भने, ‘त्यसपछि दुई मिनेटसम्म थिच्न मिल्दैन, उक्त बाकी समय सवारीसाधनका लागि हो । ट्राफिक व्यवस्थालाई व्यवस्थित बनाउने क्रममा आवश्यकताअनुसार यो समयमा केही फेरबदल पनि हुन सक्छ ।’ उनको भनाइ थियो। 

श्रेष्ठका अनुसार महानगरले बबरमहलबाहेक ३५ स्थानमा पनी यस प्रकारका लाइट जडानको तयारी गरेको छ । ‘जहाँजहाँ बाटो काट्ने यात्रुहरूको भिडभाड हुन्छ, त्यहाँ हामी यस प्रकारको लाइट जडान गर्छौँ,’ श्रेष्ठले भने, ‘बबरमहलपछि ३५ वटा स्कुल क्षेत्रमा यो लाइट राख्दै छौँ । मुख्य सडक आसपास रहेका स्कुल तथा सडक पार गर्ने विद्यार्थीको संख्या बढी हुने ठाउँमा यस प्रकारको लाइट राखिनेछ ।’

ट्राफिक प्रहरीले सकेसम्म ८–१० जना यात्रु जम्मा भइसकेपछि मात्रै लाइट थिचेर सडक पार गर्न अनुरोध गरेको छ । यसो गर्दा सवारीसाधन वारपारमा पनि  सहयोग पुग्ने जनाएको छ । 

बबरमहल क्षेत्रमा बाटो काट्ने पैदलयात्रुको संख्या अत्यधिक हुने र दुर्घटनाको जोखिम देखिएकाले सुरुमा यो क्षेत्र रोजिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख डिआइजी पोषराज पोखरेलले बताए । ‘यो लाइट यात्रुहरूले थिच्ने हो, बाटो क्रम गर्दा सवारीसाधनले पेल्ने वा दुर्घटनाको जोखिम हुने अवस्थालाई यसले रोक्छ,’ उनले भने, ‘पैदलयात्रुको भिडभाड हुने ठाउँमा यस प्रकारको लाइट आवश्यक छ, तर यात्रुहरूले जथाभावी बटन नथिच्नु हुन अनुरोध पनि गर्छौँ।’

यस्तो लाइट यसअघि पनि कालीमाटी चोक, सुन्धारा, भृकुटीमण्डप, सर्वोच्च अदालत र त्रिचन्द्र क्याम्पसअगाडि जडान गरिएको थियो । तर, समय समयमा मर्मतसम्भार नगर्दा र निरन्तरता नदिँदा लाइट नटिकेको महानगरका ट्राफिकविज्ञ श्रेष्ठले बताए । 

जगतमान श्रेष्ठ, ट्राफिकविज्ञ, काठमाडौं महानगर

पहिलो प्रयोगका रूपमा बबरमहलमा पोलिकन क्रसिङ लाइट जडान गरिएको छ, यो लाइट थिचेपछि ३० सेकेन्ड यात्रुले बाटो क्रस गर्न पाउँने छन्। त्यसपछि दुई मिनेटसम्म थिच्न मिल्दैन, उक्त समय सवारीसाधनका लागि हो । ट्राफिक व्यवस्थालाई व्यवस्थित बनाउने क्रममा आवश्यकताअनुसार यो समयमा केही फेरबदल पनि हुन सक्छ । 

जहाँजहाँ बाटो काट्ने यात्रुहरूको भिडभाड हुन्छ, त्यहाँ हामी यसप्रकारको लाइट जडान गर्छौँ । बबरमहलपछि ३५ वटा स्कुल क्षेत्रमा यो लाइट राख्दै छौँ । मुख्य सडक आसपास रहेका स्कुल तथा सडक पार गर्ने विद्यार्थीको संख्या बढी हुने ठाउँमा यस प्रकारको लाइट राखिनेछ । यो समाचार आजको नयापत्रिकामा खबर छ। 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...