News Portal

उपत्यककामा द्रुत गतिका बस सेवा पुनः शुरु हुँदै

हिमालीसंचार संवाददाता
३०५ पटक

काठमाडौं – रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आइतबारदेखि पुनः सञ्चालनमा आउँने भएको छ । त्यसका लागि उपत्यकका भित्रका सडक पुनः रङरोगन गरिएको छ । बस सम्बन्धि ठाउँ ठाउँमा बोर्ड राखिएका छन् । यस सेवाका लागि थप ११ वटा बस थपिएका छन् । तर यी कामका लागि के कति रकम खर्च भए भन्नेबारे न सडक विभागले भन्छ न त यातायात व्यवस्था विभागले नै जबाफ दिन्छ। 

सडक विभागका महानिर्देशक: सुशीलबाबु ढकालले द्रुत बस सेवा सञ्चालनका लागि यसअघि करिब तीन करोड रुपियाँ खर्च भएको सुनिए पनि अहिले पुनः सञ्चालनका लागि भएको खर्चबारे आफूलाई थाहा नभएको बताउछन् । उने द्रुत बस सेवा सञ्चालनको सम्पूर्ण जिम्मेवारी यातायात व्यवस्था विभागको रहेको बताए ।

यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले द्रुत बस सेवा सञ्चालन तथा पुनः सञ्चालनका  लागि भएका खर्चबारे आफूलाई थाहा नभएको बताउँदै सो सेवा सञ्चालनका लागि यस विभागबाट अहिलेसम्म एक सुक्का पनि खर्च नभएको जानकारी दिए । यस द्रुत बस सेवा सञ्चालनमा यस विभागको भूमिका मात्र समन्वयात्मक रहेको उनको भनाइ छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले थप ११ वटासहित पहिलेभन्दा व्यवस्थित तरिकाले द्रुत बस सेवा पुनः सञ्चालनमा ल्याइएको जानकारी दिए ।

उनका अनुसार, “आइतबारदेखि ३६ वटा द्रुत बस सञ्चालनमा आउने छन् । ती बस तीन/तीन मिनेटको फरकमा छुट्ने छन् ।’’ बिहान र बेलुकी आवागमनको उच्च समय (पिक आवर) मा द्रुत बस कम भएको गुनासो आएकाले बसको संख्या थपेर चलाइएको उनले स्पष्ट पारे ।

काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन, यात्रुहरूको जाम कम गर्ने तथा निजी सवारी साधन नभएका नागरिकलाई सार्वजनिक सवारीसाधनमा आकर्षित गर्ने उद्देश्यसहित संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि सञ्चालनमा आएको सो बस सेवा दसैँपछि स्थगित भएको थियो ।

मन्त्री प्रकाश ज्वालाले दसैँ र तिहारको बिदामा यात्रुको चाप न्यून भएको तथा द्रुत सेवाका रूपमा सञ्चालनमा ल्याइएका बस बिदामा काठमाडौँ उपत्यकाबाहिर जानुपरेकाले केही समय स्थगित गरिएको सेवा पुनः सञ्चालनमा आएको जानकारी दिए । आजको गोरखापत्रमा समाचर छ। 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...