News Portal

  • हमासले बन्धक बनाएका २४ मुक्त हुँदा विपिन रिहा भएनन् किन ?

    हिमालीसंचार संवाददाता
    २६९ पटक

    काठमाडौँ। हमासले बन्धक बनाएको २४ जनालाई रिहा गरेको अन्तर्राष्ट्रिय रेडक्रसलाई उद्धृत गर्दै सिबिसी न्युजले जनाएको छ। पहिला १२ थाई नागरिकसहित २५ जना रिहा भएको बताइएको थियो।

    अन्तर्राष्ट्रिय रेडक्रसको रोहवरमा हमासले मुक्त गरेकाहरूको सङ्ख्या २४ रहेको पुष्टि भएको छ। २४ जनामध्ये अधिकांश महिला र बालबालिकाहरू रहेको बताइएको छ। इजिप्ट पुगेकाहरूमा १३ जना इजरायली नागरिक, १० जना थाई नागरिक र एक फिलिपिनी नागरिक रहेको बताइएको छ।

    नेपाली नागरिक विपिन जोशीसमेत हमासको नियन्त्रणमा छन्। अस्थायी युद्धविरामको सर्त अनुसार बन्धन मुक्त हुने पहिलो चरणमा नेपाली विद्यार्थी जोशी परेनन्। उनी कृषि अध्ययनपछि अभ्यासका लागि इजरायल पुगेका थिए।

    हमासले इजरायलमा आक्रमण गर्दा जोशीलाई समेत बन्धक बनाएको थियो। परराष्ट्र मन्त्रालयले पहिलो चरणमै जोशीलाई हमासको बन्धनबाट मुक्त गर्न पहल गर्ने बताएको थियो। तर उनीहरू सफल भएनन्।

    हमासले अकस्मात आक्रमण गर्दा इजरायलमा पढ्न गएका १० जना नेपालीको मृत्यु भएको थियो भने, ६ जना घाइते भएका थिए।

    कैलाली घोडाघोडी-४ का नारायण प्रसाद न्यौपाने, बझाङ जयपृथ्वी-६ का गणेश कुमार नेपाली, कैलाली बाउनिया-३ का आशिष चौधरी, दार्चुला लेकम-५ का दिपेश राज विष्ट, धनुषा सपही-६ का आनन्द शाह, सुनसरी मधुवनका राजेश कुमार सर्वांकर, डाेटी पचनाली-३ का राजन फुलरा, लामिखाल-८ का पदम थापा, सल्यान शारदा-३ का प्रवेश भण्डारी र दार्चुलाका लोकेन्द्र सिंह धामी हमासको आक्रमणमा मारिएका थिए।

    घाइते भएका र नेपाल फर्कन चाहने नेपालीलाई सरकारले नेपाल फर्काएको थियो। बन्धन मुक्त भएकाहरूलाई अन्तर्राष्ट्रिय रेडक्रसले आफ्नो सवारीसाधनमा राखेर इजिप्ट पुर्याएको थियो।

    अहिले उनीहरूलाई स्वास्थ्य परीक्षण गरेर इजरायललाई बुझाइने बताइएको छ। उता इजरायललेसमेत आफ्नो हिरासतमा रहेको ३९ जना प्यालेस्टिनी बन्धकहरूलाई रिहा गरेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १५ गतेको राशिफल

    आज असोज १५, २०८२ (अक्टोबर १, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कञ्चनपुरमा बोलेरो जिप दुर्घटना, दुई वर्षीया बालिकाको मृत्यु

    कञ्चनपुर, असोज १४ – कञ्चनपुरको बेदकोट नगरपालिका–३ सिउडीबागमा मंगलबार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा दुई वर्षीया...

    गुल्मीमा नाबालिकामाथि बलात्कारको आरोपमा युवक पक्राउ

    गुल्मी, असोज १४ – गुल्मीमा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ...

    आर्यतारा शाक्य नयाँ कुमारीमा चयन, कुमारीघर प्रवेश

    काठमाडौं, असोज १४ – काठमाडौंको ढल्कोकी आर्यतारा शाक्यलाई नयाँ जीवित देवी कुमारीको रूपमा चयन गरिएको...

    युवा संघको आपत्ति : ओलीको राहदानी रोक्ने निर्णयप्रति विरोध

    काठमाडौँ, असोज १४ – नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपालले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष...