News Portal

इजरायली पानीजहाजमा ड्रोन हमला, चालक दलका सबै सकुशल

हिमालीसंचार संवाददाता
२९० पटक

एजेन्सी। इजरायली स्वामित्वको जहाजलाई संदिग्ध ड्रोन आक्रमणमा निशाना बनाइएको छ। अमेरिकी अधिकारीका अनुसार एक संदिग्ध ड्रोन आक्रमणले हिन्द महासागरमा इजरायली अर्बपतिको स्वामित्वमा रहेको कन्टेनर जहाजलाई हमला गरेको हो।

गुप्तचर मामिलाहरूमा छलफल गर्न नाम नछाप्ने सर्तमा एसोसिएटेड प्रेससँग कुरा गर्ने रक्षा अधिकारीले भने, ‘माल्टा–झण्डा भएको जहाजलाई त्रिकोण आकारको, बम बोक्ने शाहेद–१३६ ड्रोनले लक्षित गरेको हो।

‘अन्तर्राष्ट्रिय जल क्षेत्रमा ड्रोन विस्फोट भयो, जहाजलाई क्षति पुर्‍यायो तर यसको चालक दललाई कुनै चोटपटक लागेन,’ ती रक्षा अधिकारीले भने।

‘हामी स्थितिलाई नजिकबाट अनुगमन गर्न जारी राख्छौं,’ अधिकारीले भने। अमेरिकी सेनाले आक्रमणको पछाडि इरानको हात रहेको विश्वास किन गर्‍यो भनेर ती अधिकारीले बताउन अस्वीकार गरे।

अल मायादीन एक प्यान अरब उपग्रह च्यानल, जुन राजनीतिक रूपमा इरान समर्थित लेबनानी समूह हिजबुल्लाहसँग सम्बद्ध छ, उसको रिपोर्ट अनुसार इजरायली जहाजलाई हिन्द महासागरमा लक्षित गरिएको थियो।

सो च्यानलले रिपोर्टको लागि अज्ञात स्रोतहरू उद्धृत गर्दै समाचार प्रसारण गरेका थिए, पछि इरानी मिडियाले पनि समाचार बनाएका छन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २० गतेको राशिफल

आज चैत २०, २०८२ ( अप्रिल ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...