News Portal

  • नेपाल सरकारले सरकारी अस्पतालमा चिकित्सा शिक्षा स्वास्थ्य अध्ययनका लागि पठाउने

    हिमालीसंचार संवाददाता
    १७६ पटक

    काठमाडौं – चिकित्सा शिक्षामा जनशक्तिको अभाव हुन थालेपछि सरकारले एक सयदेखि तीन सय बेडसम्मका सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स अध्यापन गराउने तयारी थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्यस्तो प्रस्ताव पारित गरेर चिकित्सा शिक्षा आयोगमा पठाएको छ । सरकारले प्रस्तावमा अस्पतालहरूको राय पनि मागेको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले त्यो प्रस्ताव कार्यान्वयनमा आएपछि नर्सिङ र पारामेडिक्स जनशक्ति पुग्ने बताए। उनले हाल नेपालमा अध्ययन गर्न नपाउँदा नेपाली विद्यार्थी विदेश जाने क्रम बढेको भन्दै नेपालमा नै एक सय शय्या भएका सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स तथा तीन सय शय्याभन्दा माथिका अस्पतालमा एमबिबिएस पढाइने बताए। 

    उनले यसो गर्दा नेपाललाई मेडिकल हब बनाउन सकिने भन्दै चिकित्सा शिक्षा अध्ययनका लागि आवश्यक जनशक्ति र संरचनाको विषयमा अस्पतालसँग राय मागिसकेको बताए। यो वर्षबाटै अध्ययन गराउन सकिने उनको भनाइ थियो। 

    ८४ अङ्क ल्याएर पनि नर्सिङ अध्ययन गर्न नपाउनु विडम्बना रहेको भन्दै उनले चिकित्सा शिक्षाको यो कामले नेपालको मेडिकल शिक्षामा क्रान्तिकारी परिवर्तन ल्याउने दाबी गरे। चिकित्सा शिक्षा ऐनले यसमा बाधा पार्ने अवस्थामा ऐन संशोधनको तयारीसमेत भइरहेको उनको भनाइ थियो। 

    स्वास्थ्य सचिव डा. रोशन पोखरेलले सरकारको निर्णयले सातवटै प्रदेशमा चिकित्सा शिक्षा अध्ययन हुने बताए। योजना कार्यान्वयन भएमा सरकारी अस्पतालमध्ये राप्ती, नारायणी, वीर, भरतपुर, लुम्बिनी अस्पताल, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर अस्पताल, प्रसूति गृह, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, कान्ति बाल अस्पताललगायतका अस्पतालहरुमा नर्सिङ र पारामेडिक्स अध्यापन हुने छ । 

    सचिव पोखरेलले सरकारसँग भएको संरचना र जनशक्तिको उपयोग गर्न छलफल थालेको समेत बताए। उनले भौतिक संरचना, गुणस्तर र जनशक्तिका विषयमा पनि छलफल गर्दै जाने बताए। सहमतिका लागि चिकित्सा शिक्षा आयोगलाई पत्र लेखिसकेको  बताए।  

    यसैबिच स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्यमा धेरै उपलब्धि हुँदै गएको उल्लेख गरे। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले स्वास्थ्य क्षेत्रमा जनताले अनुभव गर्ने गरी प्रगति भएको बताए। अब उपचार नै नपाउने अवस्था नहुने बताए। 

    दीर्घकालीन रूपमा हुने गरी स्वास्थ्य क्षेत्रमा सुधारको काम भइरहेको बताएका मन्त्री बस्नेतले चिकित्सा शिक्षा अध्ययन गर्न विदेश जाने सङ्ख्या बढ्दै गएकाले अब स्वदेशमै स्वास्थ्य जनशक्ति उत्पादन गरिने बताए। अब विदेशबाट नेपालमा मेडिकल शिक्षा अध्ययनका लागि आउने छन्, मन्त्री बस्नेतले भने, “नेपाललाई मेडिकल हब बनाइने छ ।” उहाँले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउँदै लैजाने समेत बताए। 

    स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सङ्गीता कौशल मिश्राले स्वास्थ्य क्षेत्रमा भएका उपलब्धिबारे प्रस्तुति गर्नुभएको थियो । उहाँले गुणस्तरीय र सहज स्वास्थ्य सेवामा सरकार केन्द्रित रहेको बताए।

    आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले आयुर्वेदलाई प्रोत्साहन गर्न सके मात्र देशमा स्वस्थ नागरिकको परिकल्पना गर्न सकिने बताए। औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधी व्यवस्था विभागमा जनशक्तिको अभाव रहेको गुनासो गरे। गोरखापत्रमा यो खबर छ। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    विद्या भण्डारी समूहले बानेश्वरमा खोले सम्पर्क कार्यालय, तीन दशकअघिको घरमै फेरि गुञ्जिने राजनीति

    काठमाडौं, साउन २२ – पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) नेतृ विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशसँगै उनको...

    रुपन्देही कारागारमा रवि भेटेपछि बाबुरामको टिप्पणी : “पत्रिका पढ्नसमेत नदिइएको अचम्म लाग्यो”

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का...

    भूपरिवेष्टित राष्ट्रहरूको सम्मेलनमा प्रधानमन्त्री ओलीको जोड : ‘पूर्वाधार, सम्पर्क सञ्जाल र पारवहनमै विकासको मूल चाबी’

    तुर्कमेनिस्तान, साउन २२ – नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासशील राष्ट्रहरूको हितका लागि पूर्वाधार सुदृढीकरण,...

    बौद्ध खुकुरी काण्डः दुई युवक पक्राउ, घाइतेको वीर अस्पतालमा उपचार जारी

    काठमाडौं, साउन २२ – काठमाडौंको बौद्ध क्षेत्रमा केही दिनअघि घटेको खुकुरी आक्रमण प्रकरणमा संलग्न भएको...

    केटा साथीको घरमा गएकी किशोरीको रहस्यमय मृत्यु

    काठमाडौं, साउन २२ – ललितपुरको महालक्ष्मी नगरपालिका–३, बोझेपोखरीमा एक १८ वर्षीया किशोरीको रहस्यमय परिस्थितिमा ज्यान...