News Portal

अष्ट्रेलियालाई विश्वकप क्रिकेटको उपाधि

हिमालीसंचार संवाददाता
३७४ पटक

काठमाडौँ। विश्वकप क्रिकेट–२०२३ को उपाधि अस्ट्रेलियाले जितेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भएको फाइनल खेलमा जितको लागि २ सय ४१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो।

अष्ट्रेलियालाई जिताउन ओपनर ट्रविस हेडले १ सय २० बलमा १५ चौका र ४ छक्कासहित १ सय ३७ रनको सानदार शतकीय इनिङ खेले। मार्नस लाबुसेन ११० बलमा ४ चौकासहित ५८ रनमा अविजित रहे।

भारतका लागि केएल राहुलले ६६, विराट कोहलीले ५४ र रोहित शर्माले ४७ रनको योगदान दिए। अस्ट्रेलियाका लागि मिचेल स्टार्कले सर्वाधिक ३ विकेट लिए भने प्याट कमिन्स र जोस हेजलउडले २–२ विकेट लिए।

अष्ट्रेलियाका बलर स्टार्क र कमिन्सले लगातार दबाब दिए। भारतीय मध्यक्रमले महत्वपूर्ण साझेदारी निर्माण गर्न संघर्ष गरे। अन्तिम बलमा कुलदीप यादवको रनआउटले अस्ट्रेलियाको नियन्त्रण थप्यो।

भारतलाई १०.२ ओभरमा ८६ रन बनाउँदा ३ विकेट गुमाएर दबाबमा परेको विराट कोहली र केएल राहुलले सम्मानजनक स्थितिसम्म पुर्‍याएका थिए। उनीहरुले चौथो विकेटका लागि ६७ रनको साझेदारी गरे। जुन भारतका लागि भएको सबैभन्दा ठूलो साझेदारी रह्यो।

भारतले १० ओभरपछि बाउन्ड्री प्रहार गर्न सकेको थिएन। ९७ बलपछि बाउन्ड्री प्रहार गर्ने क्रममा भारतका केएल राहुलले २६‍.२ ओभरमा चौका प्रहार गरेका थिए।

कोहली ५४ र राहुल ६६ रनमा आउट भए। यसअघि भारतका ओपनरद्वय शुभमन गिल ४ तथा रोहित शर्मा ४७ रनमा आउट भए। यस्तै, श्रेयश ऐयर पनि ४ रन बनाउँदै आउट भए।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...