News Portal

जनप्रतिनिधि नै रोजगारी खोज्दै धमाधम विदेश पलायन

हिमालीसंचार संवाददाता
२७९ पटक

खोटाङ। स्थानीय तहको निर्वाचनमा निवार्चित खोटाङका जनप्रतिनिधिहरु रोजगारीका लागि विदेश जान थालेका छन्। गाउँ ठाउँको विकासका लागि निर्वाचित जनप्रतिनिधिहरु नै अन्ततः रोजगारीको लागि विदेश पलायन हुन थालेपछि स्थानीयहरु चिन्ता व्यक्त गरेका छन्।

जिल्लाको केपिलासगढी गाउँपालिकाका कार्यपालिका सदस्य फुर्ते शेर्पा बैदेशिक रोजगारीका लागि कोरिया जानुभएको छ। जनता समाजवादी पार्टीका शेर्पा गत असारमा कोरिया जानुभएको हो।

असार १० गते गाउँपालिकामा राजिनामा दिएर शेर्पा विदेश जानुभयो। असार २० गतेको कार्यपालिका बैठकलले शेर्पाको राजिनामा स्वीकृत गरेको गाउँपालिका अध्यक्ष समिर राईले जानकारी दिनुभयो।

यस्तै, रोजगारीका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१४ बुईपाका वडा सदस्य छत्रकुमार श्रेष्ठ जापान पुग्नुभएको छ। २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा अत्यधिक मतसहित विजयी श्रेष्ठ अन्ततः रोजगारीका लागि जापान जानुभएको हो।

नेकपा (एमाले) बाट निर्वाचित श्रेष्ठ ७ महिनाअघि स्टुडेन्ट भिसामा जापान पुगेको बताइएको छ। छोटो समयको लागि भनेर जापान उडेका श्रेष्ठ अहिले उतै सेटल भएको जानकारी आएको वडाध्यक्ष दिनेश राईले बताउनुभयो।

यस्तै, हलेसी तुवाचुङ नगरपालिका –१० अर्खौलेका निर्वाचित वडा सदस्य यादन राई पनि अहिले वडाको सम्पर्कमा हुनुहुन्न। माओवादी केन्द्रबाट निर्वाचित वडा सदस्य राई करिब १ वर्षदेखि सम्पर्कमा नरहेको वडाध्यक्ष अर्जुन पुरीले बताउनुभयो।

विगतमा कोरिया बसेर आएका राई पुनः कोरिया जाने तयारीमा रहेको बुझिएको वडाध्यक्ष पुरीले बताउनुभयो। यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरी डाँडाका निर्वाचित वडा सदस्य हरीकुमार खत्री पनि बैदेशिक रोजगारीका लागि तयारी गरिरहेको बुझिएको छ।

२३ वर्षको उमेरमै राजनीतिमा लागेर वडा सदस्य निर्वाचित खत्री अहिले रोजगारीका लागि विदेश जाने तयारीमा रहेको वडाध्यक्ष लिलाकुमार चौहानले बताउनुभयो। हाल वडा सदस्य खत्री दुई तीन महिनादेखि वडा कार्यालयमा उपस्थित नरहेको वडाध्यक्ष चौहानको भनाइ छ। वर्तमान अवस्थामा राजनीतिमा युवाहरुको माग बढ्दो छ।

करिब डेढ वर्षअघि भएको स्थानीय तहको निर्वाचनमा खोटाङका धेरै ठाउँमा वडाध्यक्षदेखि वडा सदस्यमा युवाहरु निर्वाचित भएका थिए। निर्वाचित युवाहरु अहिले धमाधम रोजगारीका लागि विदेश जान थालेपछि स्थानीयहरुले पनि चिन्ता जनाउने गरेका छन्।

गाउँको विकास गर्ने, गाउँमै रोजगारीको सिर्जना गर्ने नारासहित चुनावी मैदानमा युवाहरु होमिएको भएपनि अहिले जनताको काम गर्न छाडेर विदेश पलायन भएको स्थानीयको गुनासो छ। गोरखापत्रबाट।

प्रतिकृया दिनुहोस्

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...

आज २०८२ साल चैत ८ गतेको राशिफल

आज चैत ८, २०८२ ( मार्च २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...