News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • जनप्रतिनिधि नै रोजगारी खोज्दै धमाधम विदेश पलायन

    हिमालीसंचार संवाददाता
    १७३ पटक

    खोटाङ। स्थानीय तहको निर्वाचनमा निवार्चित खोटाङका जनप्रतिनिधिहरु रोजगारीका लागि विदेश जान थालेका छन्। गाउँ ठाउँको विकासका लागि निर्वाचित जनप्रतिनिधिहरु नै अन्ततः रोजगारीको लागि विदेश पलायन हुन थालेपछि स्थानीयहरु चिन्ता व्यक्त गरेका छन्।

    जिल्लाको केपिलासगढी गाउँपालिकाका कार्यपालिका सदस्य फुर्ते शेर्पा बैदेशिक रोजगारीका लागि कोरिया जानुभएको छ। जनता समाजवादी पार्टीका शेर्पा गत असारमा कोरिया जानुभएको हो।

    असार १० गते गाउँपालिकामा राजिनामा दिएर शेर्पा विदेश जानुभयो। असार २० गतेको कार्यपालिका बैठकलले शेर्पाको राजिनामा स्वीकृत गरेको गाउँपालिका अध्यक्ष समिर राईले जानकारी दिनुभयो।

    यस्तै, रोजगारीका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१४ बुईपाका वडा सदस्य छत्रकुमार श्रेष्ठ जापान पुग्नुभएको छ। २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा अत्यधिक मतसहित विजयी श्रेष्ठ अन्ततः रोजगारीका लागि जापान जानुभएको हो।

    नेकपा (एमाले) बाट निर्वाचित श्रेष्ठ ७ महिनाअघि स्टुडेन्ट भिसामा जापान पुगेको बताइएको छ। छोटो समयको लागि भनेर जापान उडेका श्रेष्ठ अहिले उतै सेटल भएको जानकारी आएको वडाध्यक्ष दिनेश राईले बताउनुभयो।

    यस्तै, हलेसी तुवाचुङ नगरपालिका –१० अर्खौलेका निर्वाचित वडा सदस्य यादन राई पनि अहिले वडाको सम्पर्कमा हुनुहुन्न। माओवादी केन्द्रबाट निर्वाचित वडा सदस्य राई करिब १ वर्षदेखि सम्पर्कमा नरहेको वडाध्यक्ष अर्जुन पुरीले बताउनुभयो।

    विगतमा कोरिया बसेर आएका राई पुनः कोरिया जाने तयारीमा रहेको बुझिएको वडाध्यक्ष पुरीले बताउनुभयो। यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरी डाँडाका निर्वाचित वडा सदस्य हरीकुमार खत्री पनि बैदेशिक रोजगारीका लागि तयारी गरिरहेको बुझिएको छ।

    २३ वर्षको उमेरमै राजनीतिमा लागेर वडा सदस्य निर्वाचित खत्री अहिले रोजगारीका लागि विदेश जाने तयारीमा रहेको वडाध्यक्ष लिलाकुमार चौहानले बताउनुभयो। हाल वडा सदस्य खत्री दुई तीन महिनादेखि वडा कार्यालयमा उपस्थित नरहेको वडाध्यक्ष चौहानको भनाइ छ। वर्तमान अवस्थामा राजनीतिमा युवाहरुको माग बढ्दो छ।

    करिब डेढ वर्षअघि भएको स्थानीय तहको निर्वाचनमा खोटाङका धेरै ठाउँमा वडाध्यक्षदेखि वडा सदस्यमा युवाहरु निर्वाचित भएका थिए। निर्वाचित युवाहरु अहिले धमाधम रोजगारीका लागि विदेश जान थालेपछि स्थानीयहरुले पनि चिन्ता जनाउने गरेका छन्।

    गाउँको विकास गर्ने, गाउँमै रोजगारीको सिर्जना गर्ने नारासहित चुनावी मैदानमा युवाहरु होमिएको भएपनि अहिले जनताको काम गर्न छाडेर विदेश पलायन भएको स्थानीयको गुनासो छ। गोरखापत्रबाट।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज वैशाख ९, २०८२ (अप्रिल २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एनआरएनए एकता महाधिवेशन तोकिएकै मितिमा हुने, मिति सार्ने कुनै सम्भावना छैन : उच्चस्तरीय समिति

    काठमाडौँ, वैशाख ८ — गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिले आउँदो मे ३ देखि...

    शिक्षक आन्दोलनमा नाचेर चर्चित बनेका होमराज पौडेल निजी स्कुलका सञ्चालक

    काठमाडौं, वैशाख ८ – शिक्षक आन्दोलनको क्रममा टिकटकमा नाचेको भिडियो सार्वजनिक गरी भाइरल बनेका शिक्षक...

    आफ्नै छोरीप्रति बलात्कारको आरोपमा बाबु पक्राउ, प्रहरी अनुसन्धान जारी

    ८ वैशाख, हेटौंडा – मकवानपुर जिल्लाको थाहा नगरपालिकाबाट एक दर्दनाक घटना सार्वजनिक भएको छ। आफ्नै...

    शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा : शिक्षक आन्दोलनको चर्को दबाबबीच जिम्मेवारीबाट अलग

    काठमाडाैं, वैशाख ८ – लामो समयदेखि शिक्षक आन्दोलनको घेराबन्दीमा परेकी शिक्षामन्त्री विद्या भट्टराईले अन्ततः पदबाट...