News Portal

एकै दिनमा ६ हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

हिमालीसंचार संवाददाता
२७४ पटक

काठमाडौँ। पाकिस्तानबाट शनिबार एकै दिनमा ६ हजारभन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फर्किएका छन्।

शरणार्थी तथा स्वदेश फिर्ता मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा जनाइए अनुसार पाकिस्तानमा वर्षौंदेखि बस्दै आएका १ हजार ५१ परिवारका ६ हजार १ जना अफगानीहरू शनिबार तोर्खाम र स्पिन बोल्दाक नाका हुँदै स्वदेश फर्किएका छन्।

पाकिस्तानमा बसोबास गर्ने गैरकानुनी शरणार्थीहरूलाई निर्वासित गर्ने इस्लामावादको निर्णयपछि दुई लाखभन्दा बढी अफगान शरणार्थीहरू मातृभूमि अफगानिस्तान फर्किएका छन्।

पाकिस्तानमा २५ लाखभन्दा बढी अफगान शरणार्थी बसोबास गर्दै आएको बताइएको छ। अफगान कार्यवाहक प्रशासनले हिउँद अघि फर्केकाहरूलाई अस्थायी आश्रय सहित आवश्यक सुविधाहरू उपलब्ध गराउने बताउँदै आएको छ। (रासस/एएफपी)

प्रतिकृया दिनुहोस्

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...