News Portal

युएई सरकारले थप्यो आममाफीका लागि १ महिना समय

हिमाली संचार संवाददाता
६२४ पटक

युएई : युएई सरकारले अबैधानिक भएर बसेका विदेशी नागरिकलाई दिइएको आममाफीको समय १ महिना थप गरेको छ । फेरि १ महिनाको समय थप गरेपछि अब डिसेम्बर १ तारिखसम्म यो सुविधा लिन सकिने युएईका समाचार संस्थाले जनाएका छन् ।

गत अगष्ट १ बाट सुरु भएको ९० दिनको आममाफी प्रकृयामा अवैधानिकरुपमा बसोबास गरिरहेका नेपालीसहित अन्य मुलुकका नागरिकलाई वैधानिक बन्न अथवा आवश्यक कानुनी प्रकृया पूरा गरी आफ्नो मुलुक र्फकन आग्रह गरिएको थियो ।

केही देशका दूतावास र कन्सोलरहरुले आममाफीमा सहभागीहरुको आवश्यक कागजातहरू जारी गर्न वा प्रकृया गर्न समय मागेकाले सोहि अनुसार समय थप गरिएको समाचारमा उल्लेख छ ।

आममाफीको समय अवधिपछि अबैध कामदार भेटिए कडा कारबाही गरिने युएई सरकारले जनाएको छ । साथै वैध भएकाहरुले इच्छाएको अवस्थामा युएईमै कामदार भिसामा रहन सक्नेछन् । उनीहरुका लागि ६ महिनाको अस्थायी भिसा दिइने र सो अवधिमा रोजगार खोजेर कामदार भिसा लगाउनु पर्नेछ ।

यसअघि सुरु भएको ९० दिनको माफीको अवसर अक्टोवर ३१ (कात्तिक १४ गते) बुधबार सकिदैँ छ । भिसाको अवधि सकिएर बसेका, भिजिट भिसामा आएर ओभरस्टे भएका, राहदानी नभएका नेपालीले नेपाल र्फकन पाउनेछन् ।

गम्भीर प्रकृतिको मुद्दा लागेका तथा मुद्दाको फैसला नभएका आप्रवासी भने फर्किन पाउने छैनन् । अवैध बसेका नेपालीलाई युएईमा रहेको नेपाली दूताबासले ट्राभल डकुमेन्ट उपलब्ध गराइरहेको छ ।

प्रतिकृया दिनुहोस्

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...