News Portal

इजरायलका लागि जासुसी गर्ने ८ भारतीय पूर्वसैनिकलाई कतारमा मृत्युदण्डको फैसला

हिमालीसंचार संवाददाता
२०७३ पटक

काठमाडौं। कतारको एक अदालतले इजरायलका लागि जासुसी गरेको अभियोगमा ८ जना भारतीयलाई मृत्युदण्डको सजाय सुनाएको छ। ती सबै भारतीय नौसनिकका पूर्वअधिकारी हुन्।

कतारका स्थानीय सञ्चारमाध्यमका अनुसार उनीहरुलाई गत वर्षको अगष्टमा पक्राउ गरेर हिरासतमा राखिएको थियो। हालै अदालतले उनीहरुको मुद्दामा अन्तिम फैसला गर्दै मृत्युदण्ड सुनाएको हो। फैसलाको विस्तृत पाठ आइसकेको छैन।

आठै जना भारतीय कतारको कन्सल्ट्रि कम्पनी अल दहरामा कार्यरत थिए, जसले कतारी सरकारलाई पनडुब्बी जहाजहरुको अधिग्रहण सम्वन्धमा परामर्श दिने गर्छ। उनीहरु भारतीय नौसेनामा रहँदा थुप्रै युद्धको कमाण्ड गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। गत १ अक्टोबरमा कतारस्थित भारतीय राजदूतले हिरासतमा ती भारतीयहरुलाई भेटेका थिए।

कतार सरकारले यस मुद्दाबारे सार्वजनिक जानकारी दिएको छैन। इजरायल प्यालेस्टिाइन युद्ध जारी रहँदा यो फैसलालाई निकै महत्वका साथ हेरिएको छ। कतार प्यालेस्टाइनको विद्रोही समूह हमाससँग नजिक रहेको मानिन्छ।

सरकारले हमासद्वारा बन्धक बनाइएका इजरायली नागरिकहरुलाई रिहाइका लागि मध्यस्थता गर्दै आएको छ। यसैगरी गाजा क्षेत्रमा आत्यावश्यक वस्तुहरुको आपूर्ति सुचारु गराउन पनि कतारले पहल गरिरहेको छ।

यसैबीच, भारत सरकारले भारतीयहरुलाई मृत्युदण्डको फैसलाबाट आफूहरु स्तब्ध भएको जनाएको छ। यस मुद्दाको पूर्णपाठ आएपछि सरकारले थप कद चाल्ने विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘हामी उनीहरुको परिवारका सदस्यहरु र कानूनी टिमसँग सम्पर्कमा छौं र सबै कानूनी विकल्पहरुको खोजी गरिरहेका छौं। हामीले यो मुद्दालाई महत्वका साथ नजिकबाट निकालिरहेका थियौं। हामी सबै कानूनी सहायताहरु निरन्तर प्रदान गर्नेछौं। यो विषयमा कतारी अधिकारीहरुसँग पछि छलफल गरिनेछ।’

प्रतिकृया दिनुहोस्

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...

बिदाइ भेटमा चिनियाँ राजदूतको भनाइ: जनस्तर बलियो, आर्थिक सहकार्य कमजोर

काठमाडौं, पुष ६ – नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले प्रतिनिधि सभाका सभामुख...

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...