News Portal

इजरायली सेनाद्वारा गाजा क्षेत्रमा फेरि हवाई आक्रमण

हिमालीसंचार संवाददाता
३०८ पटक

तेल अविव। इजराइली प्रतिरक्षा फौज (आईडीएफ) र इजरयल सेक्युरिटिज (आईएसए)ले जेनिनस्थित अल–अन्सार मस्जिदमा हमास र इस्लामिक जिहाद आतंकवादी परिसरमा हवाई हमला गरेको आईडीएफले आइतबार बताएको छ।

सामाजिक सञ्जाल एक्समा कुरा गर्दै आईडीएफले मस्जिदको प्रयोग सर्वसाधारणका विरुद्ध आतङ्कवादी हमलाको योजना बनाउन र त्यसलाई लागु गर्नका लागि कमान्ड सेन्टरका रूपमा प्रयोग गरिएको जासुसीमाध्यमबाट पत्ता लागेको बताएको छ।

एक्समा आईडीएफले भनेको छ, ‘आईडीएफ र आईएसएले जेनिनस्थित अल–अन्सार मस्जिदमा हमास र इस्लामिक जिहाद आतङ्कवादी परिसरमा हवाई आक्रमण गरे, हालै आईडीएफको जासुसी संयन्त्रबाट मस्जिदको प्रयोग सर्वसाधारणका विरुद्ध आतङ्कवादी हमलाको योजना बनाउन र त्यसलाई पूरा गर्नका लागि एउटा कमान्ड सेन्टरका रूपमा प्रयोग गरिएको थियो भन्ने पत्ता लागेको छ।’

एक्समा राखेको अर्को पोस्टमा आईडीएफले उसको सेनाले उत्तरी इजराइलमा एन्टी–ट्याङ्क लन्च गर्ने प्रयास गरिरहेको एउटा आतङ्कवादी सेललाई प्रहार गरेको बताएको छ। एक्समा राखेको पोस्टमा आईडीएफले भनेको छ, ‘हमासले ऊ मानवतावादी सङ्गठन हो भन्ने विश्वास विश्वले गरोस् भन्ने चाहन्छ, उसको जालमा नफसौँ।’

एक्समा भिडियो पोस्ट गर्दै आईडीएफका प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले भनेका छन्, ‘हमासले पछिल्ला दिनमा विशेष गरेर पछिल्लो २४ घण्टामा हिजो दुई बन्धकलाई रिहा गरेर स्वयंलाई विश्वसामु मानवतावादी सङ्गठनका रूपमा देखाउने प्रयास गरिरहेको छ, हमास आईएसभन्दा पनि खराब छ भन्ने संसारले बिर्सन सक्दैन।’

इजराइली वायुसेनाले हमासले गाजापट्टीका बासिन्दाहरूलाई मानव ढालका रूपमा प्रयोग गर्दै उनीहरूको घरहरूबाट रकेट लन्च गरेको बताएको छ। ‘हमास आतङ्कवादी सङ्गठनले गाजापट्टीका बासिन्दाहरूलाई मानव ढालका रूपमा प्रयोग गर्दछ र उनीहरूको पूर्वाधार, क्षेत्र र भवनबाट रकेट प्रहार गर्दछ’, वायुसेनाले भनेको छ। – एजेन्सी

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...