News Portal

रिगल आए मिडियामा, भारतीले जेलमा हुँदा मसँग ५० लाख मागिन्

हिमालीसंचार संवाददाता
९५९ पटक

नेपालगन्ज। सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा भएका योगराज ढकाल रिगलका विषयमा अनेक थरीका समाचार आइरहेका बेला उनले एउटा अन्तरवार्तामा एउटा गम्भिर कुराको खुलासा गरेका छन्। सुत्र टिभीमा अन्तरवार्ता दिदै उनले यस्तो खुलासा गरेका हुन्।

नेपालगन्जमा हत्या गरिएका चेतन मानन्धरकी तत्कालिन समयकी पत्नी भारती शेर्पा आफू दाङको घोराहीस्थित कारागारमा रहेको समयमा अकस्मात कारागारमै भेट्न पुगेको र त्यसपछि पटक-पटक फोन सम्पर्कमा रहेकी उनले छोराको लालन-पालन गर्ने र पढाउने नाममा ५० लाख मागेको खुलासा गरेका हुन्।

आफूलाई कारागारमै भेट्न पुगेकी भारतीले ‘पतिको हत्या भएपछि म तीन दिनसम्म बेहोस भएँ, बुवाले जाहेरी दर्ता गर्नु भएको रहेछ, तपाइँले मेरो पति चेतन मानन्धरको हत्या गर्नुभएको रहेनछ भन्ने कुरा मैले पछि मात्र थाहा पाएँ’  भनेर आफूलाई भनेको कुरा उक्त अन्तरवार्तामा रिगलले स्मरण गरेका छन्।

आफूसँगको भेटमा चेतनको इच्छा आफ्नो छोरालाई इन्जिनियर बनाउने भएको हुँदा तपाइँले उनको धोको पूरा गरिदिनुहोला भनेपछि म अहिले जे-जस्तो अवस्था भएर कारागार आएको भएपनि सक्दो सहयोग गरौंला भनेर जवाफ दिएको रिगलले बताएका छन्।

‘मैले पहिला बच्चालाई कक्षा १० सम्म पढाउँदै गर, मेरै आफन्तको स्कुलमा निःशुल्क पढाउन म कुरा गरिदिन्छु, त्यसपछि म कैद भुक्तान गरेर फर्केपछि उच्च शिक्षाका लागि सहयोग गरौंला भनेको थिएँ, कुराकानी भएपछि भारती बहिनी रामैसँग कारागारबाट निस्केकी थिइन्,’ रिगलले भनेका छन् ‘जब पछि कारागारको फोनमा सम्पर्क गरेर उनले मसँग ५० लाख मागिन्, मैले जेलमा बसेको मान्छेले म कसरी अहिले ५० लाख दिन सक्छु र बहिनी भनेर भनेपछि उनी सम्पर्कमै आइनन्।’

भारतीले पतिको मृत्यु पश्चात दोस्रो बिबाह गरेकी थिइन्। घर परिवारले छोरालाई पनि आफुसँग बस्न नदिएको गुनासो गर्दै आएकी छन्।

हेर्नुस् सुत्र टिभीले लिएको योगराज ढकाल रिगलको विशेष अन्तरवार्ता :

प्रतिकृया दिनुहोस्

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...