News Portal

  • धरानको लाङ्घाली चौकमा सवारी दुर्घटना आश बहादुर राईको मृत्यु

    हिमालीसंचार संवाददाता
    २४३ पटक

    धरान : धरान-८ स्थित लाङ्घाली चौकमा बिहान ५: ३० बजेको समयमा मालवाहक ट्रक र स्कुटर एक आपसमा ठोक्किँदा घाइते भएका दुई जना मध्ये १ जनाको मृत्यु भएको छ।

    शुक्रवार बिहानै धरानबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ४०६३ नम्बरको मालवाहक ट्रक र इटहरीबाट धरान आउँदै गरेको प्रदेश १-०२-०४५ प ३७४ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा स्कुटरमा सवार इटहरी-९ घर भएका ४५ वर्षीय आश बहादुर राईको बिपी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बिहान ७:२५ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

    साँगुरीगढी-९ घर भएका घाइते ५० वर्षीय टेक बहादुर राई गम्भीर घाइते भएका छन् । उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सघन उपचार कक्षमा उपचार भइरहेको छ। दुर्घटनापछि ट्रक चालक धनकुटा चौबिसे गाउँपालिका-६ का ३० वर्षीय चन्द्र प्रसाद राई सहित ट्रक र स्कुटर प्रहरी नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

     

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ७ गतेको राशिफल

    आज भदौ ७, २०८२ (अगस्त २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सङ्खुवासभामा भूकम्पको धक्का

    काठमाडौँ – सङ्खुवासभा जिल्लाको मघाङ आसपास केन्द्रबिन्दु भएर आइतबार राति ४.४ स्थानीय परिमाणको भूकम्प गएको...

    उपसभामुख राना मगरको विदेश भ्रमणमा विवाद: १० पटक स्वीकृति बिना यात्रा

    काठमाडौँ, भदौ ६ – प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर १७ पटक विदेश भ्रमणमा गएकी...

    प्रभु साह– ठगी आरोपमा निष्कासन पाएका नेतालाई प्रधानमन्त्री ओलीले भ्रमपूर्ण प्रचार गर्दै एमालेमा भित्र्याए

    काठमाडौँ, भदौ ६ – आम जनता पार्टी (आजपा) का अध्यक्ष उपेन्द्र साहले एमाले अध्यक्ष तथा...

    लाल बकैया खोलाको जलसतह सतर्कता तह नाघ्यो

    काठमाडौँ, भदौ ६ – मकवानपुरको लाल बकैया खोलामा लगातारको वर्षापछि पानीको सतह सतर्कता तह नाघेको...