News Portal

धरानको लाङ्घाली चौकमा सवारी दुर्घटना आश बहादुर राईको मृत्यु

हिमालीसंचार संवाददाता
३१५ पटक

धरान : धरान-८ स्थित लाङ्घाली चौकमा बिहान ५: ३० बजेको समयमा मालवाहक ट्रक र स्कुटर एक आपसमा ठोक्किँदा घाइते भएका दुई जना मध्ये १ जनाको मृत्यु भएको छ।

शुक्रवार बिहानै धरानबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ४०६३ नम्बरको मालवाहक ट्रक र इटहरीबाट धरान आउँदै गरेको प्रदेश १-०२-०४५ प ३७४ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा स्कुटरमा सवार इटहरी-९ घर भएका ४५ वर्षीय आश बहादुर राईको बिपी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बिहान ७:२५ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

साँगुरीगढी-९ घर भएका घाइते ५० वर्षीय टेक बहादुर राई गम्भीर घाइते भएका छन् । उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सघन उपचार कक्षमा उपचार भइरहेको छ। दुर्घटनापछि ट्रक चालक धनकुटा चौबिसे गाउँपालिका-६ का ३० वर्षीय चन्द्र प्रसाद राई सहित ट्रक र स्कुटर प्रहरी नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

 

 

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...