News Portal

माओवादी नेतालाई चढाउन डाक्टरहरूकाे ‘प्लेन टिकट’ खाेसियाे

हिमालीसंचार संवाददाता
२८२ पटक

सुर्खेत। मुगुमा नेकपा (माओवादी केन्द्र)का उपमहासचिव मात्रिका यादवसहितका नेताहरूलाई चढाउन ताल्चा विमानस्थलबाट नेपालगञ्ज जान लागेका १६ जना चिकित्सकहरूले पाएकाे हवाई टिकट खाेसिएकाे छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेरूदण्डसम्बन्धी गोष्ठी र अन्तरक्रियाका लागि चिकित्सकको टोली गत शुक्रबार जुम्ला गएको थियो। टोलीमा डा.विमल पाण्डे, डा.व्यापक पौडेल, डा.सुरज बज्रचार्य, डा.गौरव ढकाललगायत रहेकाे बताइएको छ।

काेहलपुरटुडेका अनुसार समिट एयरका स्टेसन म्यानेजर महेन्द्र भामले भिआइपीको लागि सिट जरूरी परेकाले पाँच जना चिकित्सकलाई लैजान नसकिने बताएका थिए।

त्यसपछि समूहमा रहेका सबै चिकित्सक आउन नमानेकाे स्राेतले बताएकाे छ। चिकित्सकहरूलाई त्यहीँ छाडेर अहिले विमान मुगुबाट उडिसकेको छ।

माओवादी उपमहासचिव यादवसहित कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश अध्यक्ष विमला केसी, धर्मराज शाह र प्रकाशबहादुर शाहीका लागि सिट मिलाउनुपर्ने भएकाले सबैलाई लान नसकिने जानकारी पाएको चिकित्सहरूले बताएका छन्।

‘हामीले दुई हप्ताअघि नै आउने/जाने (टु वे)को टिकट काटेका थियौं। हाम्रो १६ जनाको समूह रहेको छ। समूहमा आजै शल्यक्रिया गनुपर्ने बिरामीसमेत हुनुहुन्छ। पाँच जनालाई यहीँ छाड्ने बताएपछि हामी कोही पनि गएनौँ। जहाज चाहिँ उडिसकेको छ,’ एक चिकित्सकले नाम नबताउने शर्तमा भने।

पूर्वमुख्यमन्त्री (महेन्द्रबहादुर शाही)लगायतले पावर लगाएपछि चिकित्सकलाई सिट नपुगेको बताइएकाे छ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...