News Portal

माओवादी नेतालाई चढाउन डाक्टरहरूकाे ‘प्लेन टिकट’ खाेसियाे

हिमालीसंचार संवाददाता
२५२ पटक

सुर्खेत। मुगुमा नेकपा (माओवादी केन्द्र)का उपमहासचिव मात्रिका यादवसहितका नेताहरूलाई चढाउन ताल्चा विमानस्थलबाट नेपालगञ्ज जान लागेका १६ जना चिकित्सकहरूले पाएकाे हवाई टिकट खाेसिएकाे छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेरूदण्डसम्बन्धी गोष्ठी र अन्तरक्रियाका लागि चिकित्सकको टोली गत शुक्रबार जुम्ला गएको थियो। टोलीमा डा.विमल पाण्डे, डा.व्यापक पौडेल, डा.सुरज बज्रचार्य, डा.गौरव ढकाललगायत रहेकाे बताइएको छ।

काेहलपुरटुडेका अनुसार समिट एयरका स्टेसन म्यानेजर महेन्द्र भामले भिआइपीको लागि सिट जरूरी परेकाले पाँच जना चिकित्सकलाई लैजान नसकिने बताएका थिए।

त्यसपछि समूहमा रहेका सबै चिकित्सक आउन नमानेकाे स्राेतले बताएकाे छ। चिकित्सकहरूलाई त्यहीँ छाडेर अहिले विमान मुगुबाट उडिसकेको छ।

माओवादी उपमहासचिव यादवसहित कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश अध्यक्ष विमला केसी, धर्मराज शाह र प्रकाशबहादुर शाहीका लागि सिट मिलाउनुपर्ने भएकाले सबैलाई लान नसकिने जानकारी पाएको चिकित्सहरूले बताएका छन्।

‘हामीले दुई हप्ताअघि नै आउने/जाने (टु वे)को टिकट काटेका थियौं। हाम्रो १६ जनाको समूह रहेको छ। समूहमा आजै शल्यक्रिया गनुपर्ने बिरामीसमेत हुनुहुन्छ। पाँच जनालाई यहीँ छाड्ने बताएपछि हामी कोही पनि गएनौँ। जहाज चाहिँ उडिसकेको छ,’ एक चिकित्सकले नाम नबताउने शर्तमा भने।

पूर्वमुख्यमन्त्री (महेन्द्रबहादुर शाही)लगायतले पावर लगाएपछि चिकित्सकलाई सिट नपुगेको बताइएकाे छ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...