News Portal

  • ब्यवसायिक बाख्रापालनमा रम्दै घर्ती दम्पती !

    हिमाली संचार संवाददाता
    ५७० पटक

    महेश न्यौपाने
    रोल्पा : ८ बर्ष माओवादी सेनाको लडाकु भएर विताईन रोल्पा नगरपालिका १० ह्वामाकी मिना घर्तीले । वृहत शान्ती संझौता संगै सेना समायोजन हुनु पूर्व झण्डै ३ वर्ष जनमुक्ती सेनाको ५ नम्वर मुख्यालय दहवनमै वित्यो उनको जीवन ।

    माओवादी सेनामा रहदा मंगलचन्द्र सिंह घर्तीमगर संग जनवादी विवाह गरि दाम्पत्य जीवन सुरुआत गरेका घर्ती दम्पत्तीले शान्ती प्रकृया पछि सेना समायोजनमा स्वच्छिक अवकासको प्याकेज रोजे । स्वच्छिक अवकासमा जानेहरुलाई राज्यले दर्जा अनुसार केही रकम पनि दियो । घर्ती दम्पत्तीले अवकासवाट प्राप्त गरेको रकमले गाउँघरमै स्वरोजगार वन्ने निधोका साथ दहवनमा रहेको जनमुक्ति सेनाको मुख्यालयवाट बिदा भए ।

    लामो समय माओवादी आन्दोलनमा पूर्णकालिन भएका कारण घर्ती दम्पतीलाई घरको व्यवस्थापन निकै चूनौतीपूर्ण थियो । राज्यले दिएको सिमित श्रोतवाट असिमित आवश्यकता पुरा गर्नु कम्ति चूनौतीपूर्ण थिएन दश वर्ष अघिको कुरा स्मरण गर्छिन मिना घर्ती । घर भग्नवशेषमा रुपान्तरण भएको, जग्गाहरु वाँझिदै गएका, भकारमा गाई भैसी भेडा वाख्रा रित्तिदै गएको अवस्थामा उनको जोडीलाई सवै कुराको नयाँ व्यवस्थापन गर्नु थियो ।

    गाउँमा युवा युवतीको विदेश मोहले तिव्रता पाईरहेको वेला घर्ती दम्पत्तीको पनि मन नविग्रेको त हैन । श्रीमान श्रीमतीेको सल्लाह पछि गाउँमै वसेर स्वरोजार हुदै जनताको सेवामुलक राजनीति गर्ने सोंचले विदेश मोह भंग भयो । स्वरोजार हुन वाख्रापालन गर्ने निर्णयमा पुग्यो घर्ती दम्पत्ती । अवकासवाट प्राप्त रकम मध्ये घर व्यवस्थापन गरि वचेको रकम लगानी गरेर व्यवसायिक रुपमा वाख्रापालन गर्ने निधोमा पुग्यो घर्ती दम्पती ।

    खोर निर्माण तथा वाख्रा खरिदमा ८ लाख लगानी गरेर वाख्रापालन सुरु गरेका घर्ती दम्पती संग अहिले स्थानीय जातका ४० वटा वाख्रा रहेका छन । युवा स्वरोजगार कार्यक्रम मार्फत २ लाख ऋण र कृषिका लागि उन्नत विउ विजन कार्यक्रम मार्फत ३ लाख अनुदान समेत कुल १३ लाख लगानी गरेर घर्ती दम्पती गाउँमै स्वरोजगार भएका छन । बार्षिक १० देखी १५ वटा वोका विक्री गर्दै आएका उनीहरुको हाल वाख्रापालनवाट वार्षिक डेढ, दुई लाख आमदानी हुने गरेको मिना घर्तीले वताईन ।

    रोजगारी खोज्न वाहिर जानु परेको छैन, घरमै वसेर दुई चार पैसा आइरहेको छ मिना घर्तीले भनिन । युवा जनशक्ति विदेश पलायन संगै गाउँघरहरु रित्तिदै गएको वेला आफुहरु स्वेदशमै पसिना वगाउने संकल्पका साथ दिनरात लागि परेको घर्ती दम्पतीको भनाई छ ।

    उनीहरुले वाख्राको मल विक्रिबाट समेत आमदानी गर्ने गरेका छन । प्रति वोरा २५० रुपैयाँका दरले वाख्राको मल विक्री गर्दै आएको घर्तीले जानकारी दिईन । स्थानीय जातको साथै उन्नत जातका वाख्रा समेत थप गर्ने योजना रहेको घर्ती परिवारले जानकारी दिएको छ । वोयर जातका वाख्रापालन गर्ने ईच्छा रहेको मिनाले वताईन । बोयर जातको वाख्रापालनवाट राम्रो आमदानी हुने सुनेको छु मिनाले भनिन ।

    एक वर्ष अघि भएको स्थानीय तह निर्वाचनमा रोल्पा नगरपालिका ९ को वडा सदस्य निर्वाचित मिना राजनीतिका साथै समाज सेवामा पनि सक्रिय छिन । गाउँमा रहेका विभिन्न समूहमा सक्रियतापूर्वक सहभागिता जनाउने उनको अगुवाईमा पूर्ण सरसफाई अभियान, वाल विवाह न्यूनिकरण अभियान, छुवाछुत विरुद्धको अभियान जस्ता आधा दर्जन सामाजिक अभियानको समेत अगुवाई गरिरहेकी छिन । (नेस)

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार १७ गतेको राशिफल

    आज असार १७, २०८२ (जुलाई १, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एनआरएनए बेल्जियमद्वारा बद्री र गौरीको अवैधानिक पत्र खारेज, अगष्ट १७ मा साधारणसभा

    काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमले अवैधानिक भइसकेको बद्री केसी र गौरीराज जोशीले पठाएको पत्रलाई...

    सामाजिक सञ्जाल दुरुपयोगविरुद्ध एलिनाको कडा कदम : चारजनाविरुद्ध साइबर ब्युरोमा उजुरी

    काठमाडौं, असार १६ – गायिका एलिना चौहानले सामाजिक सञ्जालमार्फत अश्लील र आपत्तिजनक व्यवहार गर्नेहरूको विरुद्धमा...

    महिलाको अश्लील भिडियो बनाएर बेच्ने युवक पक्राउ

    काठमाडौं, असार १६ — अश्लील फोटो तथा भिडियो तयार पारेर बेचबिखनमा संलग्न एक युवकलाई प्रहरीले...

    काठमाडौँ महानगरमा बजेट विवाद चुलिदैँ : प्रवक्ता मानन्धर फेरि मेयर बालेनको कित्तामा

    काठमाडौं, असार १६ – राजधानीको काठमाडौँ महानगरपालिकामा समयमै नयाँ आर्थिक वर्षको बजेट ल्याउन नसक्दा आन्तरिक...