News Portal

बेलुकाको खाना चाँडै खाँदा हुने ८ फाइदा!

हिमालीसंचार संवाददाता
३७३ पटक

१. तौल नियन्त्रणमा रहन्छ: यदि तपाईं तौल नियन्त्रणमा राख्न चाहनुहुन्छ भने बेलुकीको खाना चाँडै खानुहोस्। खाना खाएपछि केहीक्षण हिड्नुहोस्। जतिसुकै बढी खाना खानुहोस्, यस्तो तरिका अपनाउँने हो भने तौल बढ्दैन।

२. छाति पोल्दैन: अधिकांश मानिसको खाना खाएपछि सिधै बेडमा जाने बानी हुन्छ। यसो गर्नाले स्वास्थ्य खराब हुन सक्छ र छाति पोल्ने समस्या आउन सक्छ। चाँडै खाना खानुहुन्छ भने यो समस्या आउँदैंन।

३. अधिक उर्जा पाउँन सकिन्छ: बेलुकाको खाना अबेर खाने हो भने बिहानको नास्ता खान त्यति मन लाग्दैन, जसबाट दिनभर उर्जाको कमी हुन सक्छ। यसविपरित चाँडै खाना खाने हो भने बिहान नास्ता राम्ररी रुच्छ र शरीरले उर्जा पाउँछ।

४. हल्का महसूस हुन्छ: यदि बेलुकाको खाना सही समयमा खाइन्छ भने अर्को दिन भोक लाग्छ र समयमै तपाईंले खाना खानुहुन्छ। रुटीनमा खाना खानाले पेट हल्का हुन्छ र ग्यासको समस्या पनि हुँदैंन।

५. गहिरो निन्द्रा पर्छ: राति ढिला खाना खानाले निन्द्रा पनि ढिलै लाग्छ र निद्रा पूरै लाग्दैन। यसविपरित चाँडै खाना खानाले निद्रा नआउने समस्या केही हदसम्म कम गर्न सकिन्छ र यसबाट शरीरको चक्र पनि व्यवस्थित हुन्छ।

६. पाचनका लागि बढी समय उपलब्ध हुन्छ: जति खाना खायो, उति नै पच्नुपनि पर्छ। खाना खाएपछि त्यसलाई पच्न समय लाग्छ। यदि चाँडै खाना खाने हो भने त्यसलाई पचाउने समय पनि पाइन्छ र यसबाट बिहान ताजा अनुभूति पनि हुन्छ। तर, ढिला खानाले रातभर सुतेपछि पनि पाचनप्रक्रिया चलिरहन्छ, जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ।

७. पेटको रोग कम हुन्छ: सही समयमा खाना खानाले पूर्ण रुपमा पच्छ, यसबाट पेट सधैं सफा रहन्छ। पेट दुख्ने, ग्यास र अपचको समस्या पनि हुँदैंन। यसका अलावा छाला पनि चम्किलो हुन्छ।

८. चाहेको खान सकिन्छ: चाँडै खाना खाँदा तपाईं आफैं के–के खाने भनेर निर्धारण गर्न सक्नुहुन्छ। यदि खाना खाएपछि डेजर्ट खान मन लाग्छ भने तपाईं आरामले खान सक्नुहुन्छ, किनकि खाना पहिले नै पचिसकेको हुनेछ। (स्वास्थ्यखबरपत्रिकाबाट)

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...