News Portal

परम्परागत पहिरनमा युवा पुस्ताको आकर्षण

हिमालीसंचार संवाददाता
३१८ पटक

हुम्ला। हिमाली जिल्ला हुम्लामा युवा पुस्ताका महिलामा परम्परागत पहिरनप्रति आकर्षण बढ्न थालेको छ। यसको संरक्षण र प्रवर्धनका लागि अघिल्लो पुस्ताका महिलाले यसलाई अनिवार्य लगाउनैपर्ने परिस्थिति सिर्जना गर्दा विस्तारै नयाँ पुस्ताका युवती पनि स्वतःस्फूर्त रूपमा यो पहिरनप्रति आकर्षित हुन थाल्नुभएको हो।

सिमकोट गाउँपालिका–६ की रुद्रकला रावतले पाका पुस्ताका महिलाको लामो प्रयासपछि पछिल्लो पुस्ताका युवतीहरू वर्षौं पुरानो परम्परागत पहिरनमा आकर्षित हुन थालेको बताउनुभयो।

यी परम्परागत पहिरनमा विशेष गरी चोलो, गाउन, पटुका (कुन्डपिड्ने), पोते, चाँदीका सिक्काका दुई वटा माला रहेका छन्। यो पहिरन कुनै बेला विवाहित महिलाले लगाउने पहिचान बनाएको पहिरनसमेत हो। उहाँले नयाँ पुस्ताका युवती आफूले लगाउनका लागि यसको जोहो गर्न थालेको र चाडपर्व, अवसर, विशेष मेलामा सजिएर निस्कने गर्न थालेको बताउनुभयो।

अझ रमाइलो पक्ष त देउडा नाच्दा अनिवार्य रूपमा महिलाले लगाउने गर्दै आउनुभएको छ। सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशीला रोकाया भामले यसले एकातिर आफ्नो पहिचान बनाउन सहज भएको छ भने अर्कोतर्फ पहिरनको संरक्षणमा सहयोग पुगेको बताउनुभयो।

उहाँले यो पहिरन लोप हुनै लागेका बेला यसको संरक्षणका लागि युवा पुस्ताका महिलाहरू लागेर नयाँ पुस्ताकी युवतीलाईसमेत आकर्षित गर्न सहयोग गरेकोमा खुसी व्यक्त गर्नुभयो। गोरखापत्रबाट।

प्रतिकृया दिनुहोस्

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...