News Portal

परम्परागत पहिरनमा युवा पुस्ताको आकर्षण

हिमालीसंचार संवाददाता
३६६ पटक

हुम्ला। हिमाली जिल्ला हुम्लामा युवा पुस्ताका महिलामा परम्परागत पहिरनप्रति आकर्षण बढ्न थालेको छ। यसको संरक्षण र प्रवर्धनका लागि अघिल्लो पुस्ताका महिलाले यसलाई अनिवार्य लगाउनैपर्ने परिस्थिति सिर्जना गर्दा विस्तारै नयाँ पुस्ताका युवती पनि स्वतःस्फूर्त रूपमा यो पहिरनप्रति आकर्षित हुन थाल्नुभएको हो।

सिमकोट गाउँपालिका–६ की रुद्रकला रावतले पाका पुस्ताका महिलाको लामो प्रयासपछि पछिल्लो पुस्ताका युवतीहरू वर्षौं पुरानो परम्परागत पहिरनमा आकर्षित हुन थालेको बताउनुभयो।

यी परम्परागत पहिरनमा विशेष गरी चोलो, गाउन, पटुका (कुन्डपिड्ने), पोते, चाँदीका सिक्काका दुई वटा माला रहेका छन्। यो पहिरन कुनै बेला विवाहित महिलाले लगाउने पहिचान बनाएको पहिरनसमेत हो। उहाँले नयाँ पुस्ताका युवती आफूले लगाउनका लागि यसको जोहो गर्न थालेको र चाडपर्व, अवसर, विशेष मेलामा सजिएर निस्कने गर्न थालेको बताउनुभयो।

अझ रमाइलो पक्ष त देउडा नाच्दा अनिवार्य रूपमा महिलाले लगाउने गर्दै आउनुभएको छ। सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशीला रोकाया भामले यसले एकातिर आफ्नो पहिचान बनाउन सहज भएको छ भने अर्कोतर्फ पहिरनको संरक्षणमा सहयोग पुगेको बताउनुभयो।

उहाँले यो पहिरन लोप हुनै लागेका बेला यसको संरक्षणका लागि युवा पुस्ताका महिलाहरू लागेर नयाँ पुस्ताकी युवतीलाईसमेत आकर्षित गर्न सहयोग गरेकोमा खुसी व्यक्त गर्नुभयो। गोरखापत्रबाट।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...