News Portal

नमुना बिश्वकर्मा समाज नेपाल कुवेतद्वारा २ लाख ९५ हजार भन्दा बढी आर्थिक सहयोग

हिमाली संचार संवाददाता
७८९ पटक

चन्द्र बिश्वकर्मा
कुवेत : नमुना बिश्वकर्मा समाज नेपाल-कुवेतले अाँखा क्यान्सर पीडितलाई ७७३.७५० कुवेती दिनार अर्थात नेपाली दुई लाख सन्तानब्बे हजार आठ सय उनासी रुपैयाँ आर्थिक सहयोग गरेको छ।

म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका -२ लम्सुङका प्रेम बि.क.को छोरा वर्ष आठका नजिन बि.क.को अाँखामा क्यान्सर भएको थियो । उनको उपचारका लागि कुवेतमा नजिन बि.क बचाउ अभियान सस्थाका अध्यक्ष भिम गदलको संयोजकत्वमा संचालन गरि ७७३.७५० कुवेती दिनार संकलन गरिएको हो ।

नेपाल क्यान्सर अस्पतालमा उपचाररत बि.क.लाई सस्थाका सहकाेषाध्यक्ष राम बिश्वकर्मा, सदस्य रुद्र गदल र आशिस गदलले उक्त आर्थिक सहयोग अाँखा क्यान्सर पीडित नजिनको आमा उदिमाया बि.क र अभियन्ता बबिता योन्जन तामाङलाई हस्तान्तरण गरिएको हो ।

बिगत ६ महिना पहिले अाँखामा मासु पलाएको र बिस्तारै अाँखामा मासुको आकार बढ्दै गएको थियो । घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले समयमै उपचार गराउन नसक्दा अाँखामा क्यान्सर भएको थियो । उनको अहिले नेपाल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।

कुवेतको नेपाली समाजमा सन २०१६ को अन्त्यमा स्थापना भएको यस सस्थाले कुवेतमा समस्यामा परेका नेपाली, दुखी, गरिब र असहायहरुको उद्दार कार्यमा महत्त्वपूर्ण भुमिका खेल्दै आएको छ भने स्वदेशमा समेत धेरै दुखी, गरिब र असहायहरुलाई आर्थिक सहयोग गर्दै आएको छ ।

नजिन बि.क. बचाउ अभियानमा सहयोग गर्नु हुने संघ – सस्था, समाजसेवी, बुद्धिजीवी, व्यवसायी, पत्रकार, कलाकार लगायत सम्पुर्ण सहयोगी दाजुभाइ तथा दिदिबहिनीहरुलाई नमुना बिश्वकर्मा समाज नेपाल – कुवेतले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

प्रतिकृया दिनुहोस्

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...