News Portal

तपाई सुत्नुअघि ल्वाङ खानुहोस्, हुनेछ यस्तो फाइदा!

हिमालीसंचार संवाददाता
५१६ पटक

ल्वाङमा जुन फ्याटी एसिड, फाइबर, भिटामिन, ओमेगा–३ एवं खनिजको राम्रो स्रोत हो। ल्वाङले हाम्रो शरीरको प्रतिरक्षा प्रणालीलाई बढाउने काम गर्छ । दैनिक खानपानमा मसलाको रूपमा प्रयोग गरिने ल्वाङलाई आयुर्वेदमा औषधिको रूपमा महत्व दिइन्छ । राति सुत्नुअघि नियमित ल्वाङ सेवन गर्दा १० दिनभित्रै यसको फाइदा महसुस गर्न सकिन्छ । सुत्ने बेलामा ल्वाङ खाँदा शरीरमा आश्चर्यजनक फाइदा देखा पर्छ ।

थुप्रै प्राकृतिक औषधि ल्वाङबाट बनाइन्छन् । यसको तेल निकालेपछि पसलेहरू यसलाई बेच्नका लागि बजारमा ल्याउँछन्। तपाईंले ल्वाङमा चाउरी परेको वा चिरा परेकोजस्तो पाउनुभयो, पुष्ट पाउनुभएन भने सम्झनुस् कि त्यसबाट तेल निकालिएको छ । त्यसलाई किनेर काम छैन किनभने त्यसले कुनै काम गर्दैन । ल्वाङको सबैभन्दा महत्वपूर्ण कुरा नै यसको तेल हो । तसर्थ तेलयुक्त ल्वाङबाट मात्रै इच्छित स्वास्थ्यलाभ लिन सकिन्छ ।

ल्वाङका फाइदाः दाँत दुखाइमा आरामः तपाईंको दाँत दुखेको खण्डमा ५ ग्राम कागतीको रसमा ३ वटा ल्वाङ पिसेर जहाँनेर दुखेको छ ठीक त्यहीँ लगाउनुहोस् । तुरुन्तै आराम मिल्छ ।

अथवा बजारबाट ल्वाङको तेल ल्याएर कपास भिजाएर दुखेको ठाउँमा लगाउँदा पनि राहत हुन्छ । यति पनि नभए ल्वाङलाई नै दुखेको ठाउँमै पारेर च्यापिराख्दा पनि केही बेरमा आराम महशुस हुनथाल्छ । ल्वाङले दाँतका सबैखाले संक्रमण हटाउँछ ।

घाउको उपचारः ल्वाङ निकै कडा रसयुक्त हुन्छ । कुनै पनि प्रकारको घाउ छ भने जैतुनको तेलमा थोरै ल्वाङको तेल मिसाएर घाउमा लगाउँदा घाउ छिटै निको हुन्छ ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...