News Portal

तपाई सुत्नुअघि ल्वाङ खानुहोस्, हुनेछ यस्तो फाइदा!

हिमालीसंचार संवाददाता
४७८ पटक

ल्वाङमा जुन फ्याटी एसिड, फाइबर, भिटामिन, ओमेगा–३ एवं खनिजको राम्रो स्रोत हो। ल्वाङले हाम्रो शरीरको प्रतिरक्षा प्रणालीलाई बढाउने काम गर्छ । दैनिक खानपानमा मसलाको रूपमा प्रयोग गरिने ल्वाङलाई आयुर्वेदमा औषधिको रूपमा महत्व दिइन्छ । राति सुत्नुअघि नियमित ल्वाङ सेवन गर्दा १० दिनभित्रै यसको फाइदा महसुस गर्न सकिन्छ । सुत्ने बेलामा ल्वाङ खाँदा शरीरमा आश्चर्यजनक फाइदा देखा पर्छ ।

थुप्रै प्राकृतिक औषधि ल्वाङबाट बनाइन्छन् । यसको तेल निकालेपछि पसलेहरू यसलाई बेच्नका लागि बजारमा ल्याउँछन्। तपाईंले ल्वाङमा चाउरी परेको वा चिरा परेकोजस्तो पाउनुभयो, पुष्ट पाउनुभएन भने सम्झनुस् कि त्यसबाट तेल निकालिएको छ । त्यसलाई किनेर काम छैन किनभने त्यसले कुनै काम गर्दैन । ल्वाङको सबैभन्दा महत्वपूर्ण कुरा नै यसको तेल हो । तसर्थ तेलयुक्त ल्वाङबाट मात्रै इच्छित स्वास्थ्यलाभ लिन सकिन्छ ।

ल्वाङका फाइदाः दाँत दुखाइमा आरामः तपाईंको दाँत दुखेको खण्डमा ५ ग्राम कागतीको रसमा ३ वटा ल्वाङ पिसेर जहाँनेर दुखेको छ ठीक त्यहीँ लगाउनुहोस् । तुरुन्तै आराम मिल्छ ।

अथवा बजारबाट ल्वाङको तेल ल्याएर कपास भिजाएर दुखेको ठाउँमा लगाउँदा पनि राहत हुन्छ । यति पनि नभए ल्वाङलाई नै दुखेको ठाउँमै पारेर च्यापिराख्दा पनि केही बेरमा आराम महशुस हुनथाल्छ । ल्वाङले दाँतका सबैखाले संक्रमण हटाउँछ ।

घाउको उपचारः ल्वाङ निकै कडा रसयुक्त हुन्छ । कुनै पनि प्रकारको घाउ छ भने जैतुनको तेलमा थोरै ल्वाङको तेल मिसाएर घाउमा लगाउँदा घाउ छिटै निको हुन्छ ।

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...