News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • डीआईजी र एसपीको नाम लिँदै तस्करसँग सेटिङ, ताप्लेजुङका घुमुवाको लहानमा डिल !

    हिमालीसंचार संवाददाता
    १९६ पटक

    लहान। सिरहामा सीमा सुरक्षा र भन्सार छली तस्करी नियन्त्रणका लागि खटाइएका सशस्त्र प्रहरीका घुमुवाको तस्करहरूसँग मिलेमतो रहेको आरोप लागेको छ।

    मधेश प्रदेशका बाहिनीपति डीआईजी दीपेन्द्र शाहको समेत संरक्षणमा ७ नम्बर गण सिरहाका एसपी प्रमोद भारतीले सादा पोशाकका घुमुवालाई तस्करहरूसँग सेटिङमा खटाएको आरोप लागेको हो। एसपी भारतीले ताप्लेजुङमा सरुवा भएका घुमुवा हवलदार रामप्रवेश यादवलाई तस्करहरूसँग सेटिङमा खटाएको आरोप छ।

    सशस्त्र प्रहरी बल मातहतका गण, गुल्म र बीओपीका इन्चार्जहरुले घुमुवा प्रहरी परिचालन गरी अनियमितता गरेको गुनासोपछि सादा पोशाकमा त्यस्तो जनशक्ति राख्न नपाउने नीतिगत निर्णय एक बर्षअघि गरिएको थियो। सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले कार्यभार सम्हाले लगत्तै सादा पोशाकमा घुमुवा परिचालन गर्न नपाउने परिपत्र गरे पनि त्यो लागू हुन सकेको छैन।

    जसकारण ताप्लेजुङमा हवलदार यादवसँगै काम गर्ने सशस्त्रका सिपाही–हवलदार २४ घण्टा ड्युटी गरिरहँदा रामप्रवेश भने ढुक्कले सिरहामा तस्करहरूसँग होटेलमा डिल गरिरहेका छन्। आइतबार लहानको कान्छा होटेलमा कपडाको कारोबार गर्ने आजाद मियाँ र ओपेन्द्र साहसँग रामप्रवेश रामप्रवेश यादवले डीआईजी र एसपीलाई बुझाउने मासिक दररेट तय गरी तस्करीको लाइन चलाउनका लागि डिल गरेको स्रोतले बतायो।

    स्रोतका अनुसार सिरहाका भारतसँग सीमा जोडिएका माडर, बरियारपट्टि र बडहरीबाट मियाँ र साहलाई तस्करीको लाइन सञ्चालन गर्ने गरी मासिक तह अनुसार दररेट तय भएको छ।

    दुई व्यापारीबाट रामप्रवेशले मासिक ६ लाख ५० हजार दररेट तय भएको बताइएको छ। रामप्रवेश यादव लामो समय सिरहाका एसपीका घुमुवाको रुपमा अतिरिक्त असुलीको काम गरिसकेका र धेरै नै गुनासो आएपछि ताप्लेजुङमा सरुवा भएका थिए।

    तर ताप्लेजुङमा सरुवा भए पनि उनले सिरहामा तस्करीको सेटिङ गरिरहेका छन्। ताप्लेजुङमा उनी कमै जाने गरेका छन्। ताप्लेजुङमा भन्दा बढी उनी सिरहामै सेटिङमा तल्लीन हुने गरेको स्रोत बताउँछ। उनको दरबन्दी नै नभए पनि उनले सिरहामा तस्कर र बाहिनी–गणका हाकिमबीच सेटिङ मिलाउने क्रममा आइतबार कान्छा होटेलमा व्यापारीसँग डिल गरेका थिए।

    रौतहट घर र ताप्लेजुङमा जागिर भएका रामप्रवेशले लहानमा फ्ल्याट भाडामा लिएर ढुक्कले व्यापारीसँग डिल गरिरहेका छन्।

    तस्करको लागि काम गरेको बारेमा धेरै गुनासो आएपछि पहाडी जिल्ला ताप्लेजुङमा सरुवा गरे पनि रामप्रवेशले सिरहामा विगतमा घुमुवाको रुपमा जसरी सेटिङ गर्थे, त्यसै गरी गरिरहेका छन्। एसपी भारतीले रामकुमार खङ्गलाई पनि घुमुवा राखेका छन्।

    घुमुवा रामप्रवेशको सेटिङमा एसपी, डीआईजीसमेत मिलाएर सिरहाका तीनवटै नाकाबाट मियाँ र साहले लहान, मिर्चैयामात्र होइन कटारी र गाईघाटसम्म तस्करीको कपडाको आपूर्ति गर्दै आएको आरोप छ।

    सिरहाका एसपी भारती, बरियारपट्टिका इन्स्पेक्टर सुरज श्रेष्ठ र माडरका इन्चार्ज डीएसपी पवन खड्का (हाल तालिम)ले यी तस्करीको लाइन खुलारुपमा चलाउन दिएको आरोप लागेको छ। अनलाइननेपालबाट।

    प्रतिकृया दिनुहोस्

    प्रहरी विधयेक आइतबार मन्त्रिपरिषद्‍मा पेस

    काठमाडौँ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न वनेको...

    बीआरआईबारे कांग्रेसमा तीनथरी मत, यही कारण सरकार नढलोस् भनेर ओली–देउवा सचेत

    काठमाडौँ। सत्ता गठबन्धनको एक मुख्य घटक नेपाली कांग्रेसले चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)...

    मंसिर ९ गते आईतबारको तपाईको आजको राशिफल

    आज मिति वि.सं.२०८१ मंसिर ९ गते आईतबार || सन् २०२४ नोभेम्बर २४ तारिख || नेपाल...

    ओलीले षड्यन्त्र गरेर आफूलाई सहकारी ठग बनाइदिएको धनराज गुरुङको आरोप

    काठमाडौं। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूलाई षड्यन्त्र गरेर सहकारी ठग बनाइएको बताएका छन्। शुक्रबार...

    भर्जिनिया दुर्घटनामा ज्यान गुमाउने नेपालीको परिचय खुल्यो

    काठमाडौं। अमेरिकाको भर्जिनियामा ४ जना नेपाली सवार कार दुर्घटना हुँदा मृत्यु भएका २ जनाको परिचय...