News Portal

भद्रकुमारी घले सेवा सदनमा काठमाडौं महानगरपालिकाको डोजर

हिमालीसंचार संवाददाता
३२२ पटक

काठमाडौं। काठमाडाैंकाे अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदन खाली गराउन काठमाडौं महानगरपालिकाको नगरप्रहरी पुगेको छ। सार्वजनिक जग्गा कब्जा गरी भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेपछि महानगर प्रहरीले उक्त भवन खाली गराउन लागेको हो।

नगरप्रहरीले केही बेरमा डोजर चलाउने तयारी गरेको छ। नगरप्रहरीले तीन दिन अघि उक्त भवन खाली गर्न भनेको थियो।

तीनभित्र पनि उक्त भवन खाली नगराएपछि नगरप्रहरीले डोजर चलाउन लागेको हो। सदनमा ठूलो संख्यामा प्रहरी समेत परिचालन गरिएको छ।

उक्त भवनमा आश्रम सञ्चालन गरिराखेको थियो। त्यहाँ असहाय अशक्त वृद्धवृद्धाहरुलाई आश्रय दिइरहेकाे थियाे। याे आश्रम २०६२ सालमा सञ्चालन गरेकाे थियाे।

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...