News Portal

फिदिममा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु, ४ जना घाइते

राधा लुइँटेल
२९८ पटक

फिदिम। पाँचथरको फिदिममा टेम्पो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ भने अन्य चार जना घाइते भएका छन्। ज्यान गुमाउनेमा फिदिम–६ का ५५ वर्षीया हरिमाया तुम्रोक रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

त्यस्तै, दुर्घटनामा परी घाइते हुनेमा फिदिम–६ का वसन्ती लिम्बू, सन्देश लिम्बू र फिदिम–७ का कुशल लिम्बू र चालक दीपक लिम्बू हुनुहुन्छ। दुर्घटनामा घाइते भएकी हरिमायालाई उपचारार्थ पाँचथर अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमुख कुलबहादुर बुढाथोकीले सिवाबाट फिदिमतर्फ आउँदै गरेको प्रदेश ०१००१स ८७०५ नम्बरको टेम्फो फिदिम नगरपालिका–१ समर्पित अस्पताल नजिकै दुर्घटनामा परेको बताउनुभयो।

गम्भीर घाइते तुम्रोकको पाँचथर अस्पताल तथा बाँकी ४ जनाको समर्पित अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारण खुलेको छैन।

प्रतिकृया दिनुहोस्

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...