News Portal

कुवेतमा समुन्द्रमा डुबेर एक नेपाली युवाको मृत्यु, अन्य दुईको उद्धार

हिमालीसंचार संवाददाता
४४७ पटक

साल्मिया। कुवेतको समुन्द्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ। साल्मियास्थित समुन्द्रमा पौडी खेल्ने क्रममा डुबेर बागलुङका राजन छन्त्यालको मृत्यु भएको हो।

गएको शनिबार समुन्द्रमा पौडी खेल्ने क्रममा डुबेर छन्त्यालको मृत्यु भएको कुवेत प्रहरीले जनाएको छ। पौडी खेल्ने क्रममा अन्य २ जना नेपाली डुबेर सिकिस्त बिरामी भएका थिए। उनीहरूलाई सँगै गएका साथीहरूले उद्धार गरेका थिए।

उनीहरूको उपचार भइरहेको नेपाली दूतावास कुवेतले जनाएको छ। समुन्द्रमा पौडी खेल्ने क्रममा पानीको छालले तानेर मृतक र अन्य दुई जनालाई निक्कै टाढा पुर्याएको थियो।

मृतकबारे दूतावासलाई जानकारी आएको र आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शव चाँडै नेपाल पठाउने तयारी थालिसकेको छ दूतावास स्रोतले बताएको छ।

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...