News Portal

प्युठानमा बाँदर आतंक, बाली जोगाउन बारीमै बास

सुजल श्रेष्ठ
३२३ पटक

प्युठान। गौमुखी गाउँपालिका-६ लिवाङकी विमला खड्का एक महिनादेखी बारीमै बस्न थाल्नुभएको छ। बिहान उज्यालो नहुँदै बारीमा पुग्ने खड्का साँझपख घर फर्किनुहुन्छ। घरदेखि अलि टाढा रहेको बारीमा फलेका मकै बाँदरले खाएर बिगारेपछि खड्काको बारीमा बास हुन थालेको हो।

“बाँदरले बारीको मकै खाएर दुःख दिन्छ, मकै जोगाउन ड्युटी बस्ने गरेका छौं। रातीको समयमा दुम्सीले र दिउँसो बाँदरले मकैबाली खाएर दुःख दिने गरेको छ,” उहाँ भन्नुहुन्छ, “दुई-चार डोको मकै जोगाउन पनि मुश्किल भयो, दुःख गरेर खेती गरे पनि जोगाउन सकिँदैन।”

प्रायजसो मकैबालीको सिजनमा जङ्गली जनावरले क्षति पुर्याउँदा जिल्लाका किसान चिन्तित बनेका छन्। वर्षेनी जङ्गली जनावरबाट मकैबाली जोगाउन किसानले विभिन्न उपाय अपनाउँदै आएका छन्।

गौमुखी गाउँपालिका–६ लिवाङका गिरबहादुर खड्काले दुम्सी, बाँदरले मकैबाली खाइदिने गरेको बताउनुभयो। “वर्षेनी मकैबालीको सिजनमा बाली जोगाउन मुश्किल हुन्छ,” उहाँले भन्नुभयो। उहाँका अनुसार गाउँलेले बाँदरलाई लखेट्ने गरे पनि दुम्सीलाई केही गर्न सकिन्न। गाउँपालिकाले बाँदर धपाउनका लागि बन्दुकको आवाज जस्तै आउने यन्त्रको व्यवस्था गरे पनि अहिले उक्त आवाजले बाँदर भाग्न छाडेको उहाँ बताउनुहुन्छ।

जिल्लाका धेरैजसो ठाउँमा बाँदर, बँदेल, दुम्सीलगायतका जङ्गली जनावरले बाली खाइदिने, क्षति पुर्याउने समस्या छ। जङ्गली जनावरबाट बाली जोगाउन किसानले परम्परागत रुपमा आगो बाल्ने, ठूलो आवाजमा बाजा बजाउने, मान्छेको डमी बनाउने गरे पनि बाली जोगाउन नसकिएको किसानको गुनासो छ।

केहि वर्ष पहिले सिमित ठाउँमा मात्र जङ्गली जनावरको समस्या रहेकोमा पछिल्लो समय धेरे ठाउँमा जङ्गली जनावरले क्षति पुर्याउने क्रम बढ्दै गएको किसानको भनाइ छ। दुःख गरेर लगाएको खेती फल्ने र पाक्ने बेलामा जङ्गली जनावरबाट जोगाउन चुनौती भएको किसान पदमबहादुर के.सी. बताउनुहुन्छ। “वर्षेनी बाली जोगाउन चुनौती छ,” उहाँले भन्नुभयो, “दिगो समाधानका लागि स्थानीय सरकारले ध्यान दिनुपर्छ।”

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...