News Portal

प्युठानमा बाँदर आतंक, बाली जोगाउन बारीमै बास

सुजल श्रेष्ठ
३६३ पटक

प्युठान। गौमुखी गाउँपालिका-६ लिवाङकी विमला खड्का एक महिनादेखी बारीमै बस्न थाल्नुभएको छ। बिहान उज्यालो नहुँदै बारीमा पुग्ने खड्का साँझपख घर फर्किनुहुन्छ। घरदेखि अलि टाढा रहेको बारीमा फलेका मकै बाँदरले खाएर बिगारेपछि खड्काको बारीमा बास हुन थालेको हो।

“बाँदरले बारीको मकै खाएर दुःख दिन्छ, मकै जोगाउन ड्युटी बस्ने गरेका छौं। रातीको समयमा दुम्सीले र दिउँसो बाँदरले मकैबाली खाएर दुःख दिने गरेको छ,” उहाँ भन्नुहुन्छ, “दुई-चार डोको मकै जोगाउन पनि मुश्किल भयो, दुःख गरेर खेती गरे पनि जोगाउन सकिँदैन।”

प्रायजसो मकैबालीको सिजनमा जङ्गली जनावरले क्षति पुर्याउँदा जिल्लाका किसान चिन्तित बनेका छन्। वर्षेनी जङ्गली जनावरबाट मकैबाली जोगाउन किसानले विभिन्न उपाय अपनाउँदै आएका छन्।

गौमुखी गाउँपालिका–६ लिवाङका गिरबहादुर खड्काले दुम्सी, बाँदरले मकैबाली खाइदिने गरेको बताउनुभयो। “वर्षेनी मकैबालीको सिजनमा बाली जोगाउन मुश्किल हुन्छ,” उहाँले भन्नुभयो। उहाँका अनुसार गाउँलेले बाँदरलाई लखेट्ने गरे पनि दुम्सीलाई केही गर्न सकिन्न। गाउँपालिकाले बाँदर धपाउनका लागि बन्दुकको आवाज जस्तै आउने यन्त्रको व्यवस्था गरे पनि अहिले उक्त आवाजले बाँदर भाग्न छाडेको उहाँ बताउनुहुन्छ।

जिल्लाका धेरैजसो ठाउँमा बाँदर, बँदेल, दुम्सीलगायतका जङ्गली जनावरले बाली खाइदिने, क्षति पुर्याउने समस्या छ। जङ्गली जनावरबाट बाली जोगाउन किसानले परम्परागत रुपमा आगो बाल्ने, ठूलो आवाजमा बाजा बजाउने, मान्छेको डमी बनाउने गरे पनि बाली जोगाउन नसकिएको किसानको गुनासो छ।

केहि वर्ष पहिले सिमित ठाउँमा मात्र जङ्गली जनावरको समस्या रहेकोमा पछिल्लो समय धेरे ठाउँमा जङ्गली जनावरले क्षति पुर्याउने क्रम बढ्दै गएको किसानको भनाइ छ। दुःख गरेर लगाएको खेती फल्ने र पाक्ने बेलामा जङ्गली जनावरबाट जोगाउन चुनौती भएको किसान पदमबहादुर के.सी. बताउनुहुन्छ। “वर्षेनी बाली जोगाउन चुनौती छ,” उहाँले भन्नुभयो, “दिगो समाधानका लागि स्थानीय सरकारले ध्यान दिनुपर्छ।”

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...