News Portal

कुवेत उड्न ठिक्क परेका ११७ श्रमिकलाई अध्यागमनले फर्कायो

हिमालीसंचार संवाददाता
४३६ पटक

राजाराम न्यौपाने, काठमाडौं। गएराति पौने ११ बजे सलाम एयरबाट कुवेत रोजगारीका लागि जान लागेका १०१ जना नेपाली श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले एकसाथ फर्काएको छ।

त्यस्तै आज बिहान ६ बजे कुवेत एयरबाट जान लागेका १६ जनालाई पनि फर्किनुपरेको छ। उनीहरूले पेश गरेको कागजात शंकास्पद लागेर फर्काइएको अध्यागमनका अधिकारीले बताएका छन्।

तर, मेनपावर व्यवसायीले भने सबै प्रक्रिया पूरा गरेपनि श्रमिकलाई कर्मचारीले दु:ख दिने नियतले गन्तव्य मुलुक जान नदिएको बताएका छन्।

अध्यागमन कार्यालयका सूचना अधिकारी झंकनाथ ढकालले उनीहरूले पेश गरेको कागजातबारे थप बुझ्नुपर्ने भएकोले रोकिएको बताए।

उनले नेपाल प्रेससँग, ‘हामीलाई नक्कली कागजात पेश भएको भन्ने सूचना आएको थियो। भिसा नम्बर हान्दा खुलेन पनि। अध्यागमन अफिसरको काम नै ठीक छ कि छैन भनेर हेर्ने हो। हामीले ठीक भएकालाई विदेश काम गर्न पठाएका छौं। शंका लागेकाहरूलाई रोकेर अध्ययन गरिरहेको हो।’

४ दिनअघि पनि जोर्डन जान लागेका १५ जना श्रमिकलाई अध्यागमनले कागजात शंकास्पद रहेको भन्दै रोकेको थियो। तर, पछि श्रमिकले पेश गरेका कागजातमा कुनै कमजोरी नभएपछि जान दिइयो।

गन्तव्य मुलुकको सम्बन्धित कम्पनीले नै ती कामदारका लागि प्लेन टिकट काटिदिएको थियो। करिब ६० हजार पर्ने टिकटसमेत नोक्सान भएको साथै अब कम्पनीले कामदार लैजान टिकट नदिने हुँदा श्रमिकलाई समस्या पर्ने नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी बताउँछन्।

उनले भने, ‘भिसा र टिकट प्रमाणित गरेर पठाउँदा पनि राज्यले रोकेको छ। सरकारी कर्मचारीको मिलेमतोमा नै रोकिएको हो। विभागबाट स्वीकृति लिएर प्रमाणित नै गरिएको छ। तर, कर्मचारीले सन्कीकै भरमा उड्न ठिक्क परेका नेपाली श्रमिक विदेश जान पाइरहेका छैनन्।’

वैदेशिक रोजगारमा जाने प्रयोजनका लागि सबै कागजात ठीकठाक रहेको अवस्थामा अध्यागमनले रोक्नुपर्ने कारण आफैंमा अध्यागमनको गतिविधि शंकास्पद रहेको व्यवसायीहरूको आरोपछ।

‘विमानस्थल अध्यामागमन कार्यालयमा सेटिङ गरेर पठाउँदा सबै पास हुने। तर, प्रमाणित हुने कागजात बोकेर जाँदा पास नहुने गतिविधि पहिलेदेखि नै थियो। संस्थागतरूपमा रोजगारमा गएका नागरिकलाई विदेश पुगेपछि आउने समस्याको समाधानको जिम्मेवारी वैदेशिक रोजगार विभागको कार्यक्षेत्रभित्र पर्ने हो।

ती निकायहरुले ठीक छ भनेका छन्’, एक व्यवसायी भन्छन्, ‘संस्थागतरूपमा हुने श्रम स्वीकृति सम्बन्धित देशमा रहेको दूतावासबाट प्रमाणीकरण भई विभागबाट श्रम स्वीकृतिसमेत लिई आउने हुँदा कामदारलाई आइपर्ने समस्याको स्पष्ट कानूनी व्यवस्था छ।’

फर्काइएकाहरूमा निलकमल मेनपावरबाट २३ जना, इन्डेक्स मेनपावरबाट ४७ जना र युथ मेनपावरबाट ३२ जना लगायत अन्य मेनपावरबाट प्रक्रिया पूरा गरेका ११७ जना श्रमिक छन्।

फर्काइएका श्रमिकहरूलाई थमाइएको पत्रमा ‘अध्यागमन ऐन २०४९, अध्यागमन नियमावली २०५१ तथा अध्यागमन कार्यविधि २०६५ अनुसार पेश गरेको यात्रुसँग सम्बन्धित कागजातहरू शंकास्पद देखिएको हुँदा प्रस्थान अनुमति नदिइएको।’

प्रतिकृया दिनुहोस्

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...