News Portal

राजदूत अर्याल र ओमानका परराष्ट्र मन्त्रालयका अन्डरसेक्रेटरीबीच भेटवार्ता

हिमालीसंचार संवाददाता
३२२ पटक

मस्कट। ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्याल र ओमानको परराष्ट्र मन्त्रालयका अन्डरसेक्रेटरी खालिद अल मुसैलीबीच भेटवार्ता भएको छ।

भेटका अवसरमा दुई पक्षीय सहयोग तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको मस्कटस्थित नेपाली दूतावासले जनाएको छ।

उक्त भेटमा ओमानका तर्फबाट सम्बन्धित महाशाखाका कर्मचारी र नेपाली दूतावासबाट प्रथम सचिव सोमेश थापा तथा श्रम सहचारी गोबिन्द आचार्यको पनि उपस्थिति थियो।

सो अवसरमा राजदूत अर्यालले माछापुछ्रे हिमालयन रेन्जको पेन्टिङ परराष्ट्र मन्त्रालयको उपयुक्त स्थानमा राख्न उपहारस्वरूप प्रदान गरेका थिए। उक्त पेन्टिङ सगरमाथा समूह ओमानद्वारा उपलब्ध गराइएको थियो।

गत हप्ता मात्र राजदूत अर्यालले त्यहाँको श्रम मन्त्रालयका अन्डरसेक्रेटरी शेख नसर अमुर अल होस्नीबीच पनि भेटवार्ता गरेका थिए।

उनीहरूबीचको भेटमा पनि द्विपक्षीय सहयोग, श्रम सम्झौता, कामदारका विविध समस्याहरू, मानव तस्करीलगायतको विषयमा छलफल भएको थियो।

प्रतिकृया दिनुहोस्

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...