News Portal

कुमारी बैंकका पूर्वसीइओ तिमिल्सनासहित ११ जनाविरूद्ध मुद्दा

हिमालीसंचार संवाददाता
४५१ पटक

काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कुमारी बैंकका तत्कालीन सीइओसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

कुमारी बैंकका तत्कालीन सिइओ अनुजमणि तिमिल्सना र न्युरोड शाखा प्रमुखसमेतलाई प्रतिवादी बनाएर १ अर्ब १० करोड ४३ लाख ३६ हजार ४ सय रुपैयाँ बिगो दाबी कायम गरी विभागले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

उनीहरुमाथी गैरकानूनी रूपमा कर्जा अपचलन गर्ने काममा संग्लग्न रहेको भेटिएको अभियोग लागेको छ। कुमारी बैंकका तत्कालीन सिइओ र शाखा प्रमुखसमेतको मिलेमतोमा फर्जी कागजातका बनाएर मेरालायन इन्टरप्राइजेज कम्पनी प्रालिको नाममा प्रयोग गरी प्रतिवादीहरूले सम्पत्ति शुद्धीकरणको कसूर गरेको एक अर्ब १० करोड ४३ लाख बिगो माग दाबी गर्दै मुद्दा दायर भएको हो।

विभागले सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा ३० को उपदफा १, २, ७ र ८ बमोजिम अलग–अलग सजाय माग गरेको छ। त्यसै ऐनको दफा ३४ को उपदफा १ र २ बमोजिम विभागले अपचलन भएको रकम जफत गर्नसमेत माग गरेको छ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...