News Portal

साउदी अरबमा यस वर्षकै सबैभन्दा ठूलो सामूहिक मृत्युदण्ड दिइँदै

हिमालीसंचार संवाददाता
५२४ पटक

रियाद। साउदी अरबमा यस वर्षकै सबैभन्दा ठूलो सामूहिक मृत्युदण्ड दिइने भएको छ। आतंकवादको अभियोगमा दोषी ठहर भएका ५ जनालाई सामूहिक फाँसी दिइन लागेको हो।

प्राप्त जानकारीअनुसार मृत्युदण्ड दिन लागिएकाहरुले मस्जिदमा आक्रमण गरेका थिए। यस आक्रमणमा पाँच जनाको ज्यान गएको थियो भने कैयौं घाइते भएका थिए। यी पाँच दोषीमध्ये चार साउदी र एक इजिप्टका नागरिक छन्।

आधिकारिक साउदी प्रेस एजेन्सीले प्रकाशित गरेको आन्तरिक मन्त्रालयको विज्ञप्तिमा आक्रमण कहिले भएको हो वा पूजास्थललाई कसरी निशाना बनाइएको थियो भन्ने बारेमा केही गरिएको छैन।

मृत्युदण्ड दिने विधिबारे पनि विस्तृत जानकारी दिइएको छैन। तर विगतमा साउदी अरबमा टाउको काटेर मृत्युदण्ड दिइने गरेको घटना सार्वजनिक भइरहेका हुन्थे, जसका कारण यो सामूहिक मृत्युदण्ड पनि सामूहिक रुपमा टाउको काटेर दिइने अनुमान गरिएको छ।

यससँगै साउदी अरेबियाले यस वर्ष अहिलेसम्म मृत्युदण्डको सजाय पाएको कुल संख्या ६८ पुगेको छ। प्रतिवेदनले आतंकवादसँग सम्बन्धित अपराधका लागि मेको सुरुदेखि २० भन्दा बढी मृत्युदण्ड दिइएको दाबी गरेको छ।

समाचार एजेन्सी एएफपीका अनुसार गत मेको अन्त्यमा आतंकवादको आरोपमा दुई बहराइनीहरूलाई मृत्युदण्ड दिइएको थियो। गत वर्ष साउदी अरेबियाले कुल १४७ जनालाई मृत्युदण्ड दिने घोषणा गरेको थियो। यो २०२१ मा भएको ६९ जनाको दोब्बर संख्या हो।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...