News Portal

साउदी अरबमा यस वर्षकै सबैभन्दा ठूलो सामूहिक मृत्युदण्ड दिइँदै

हिमालीसंचार संवाददाता
४८२ पटक

रियाद। साउदी अरबमा यस वर्षकै सबैभन्दा ठूलो सामूहिक मृत्युदण्ड दिइने भएको छ। आतंकवादको अभियोगमा दोषी ठहर भएका ५ जनालाई सामूहिक फाँसी दिइन लागेको हो।

प्राप्त जानकारीअनुसार मृत्युदण्ड दिन लागिएकाहरुले मस्जिदमा आक्रमण गरेका थिए। यस आक्रमणमा पाँच जनाको ज्यान गएको थियो भने कैयौं घाइते भएका थिए। यी पाँच दोषीमध्ये चार साउदी र एक इजिप्टका नागरिक छन्।

आधिकारिक साउदी प्रेस एजेन्सीले प्रकाशित गरेको आन्तरिक मन्त्रालयको विज्ञप्तिमा आक्रमण कहिले भएको हो वा पूजास्थललाई कसरी निशाना बनाइएको थियो भन्ने बारेमा केही गरिएको छैन।

मृत्युदण्ड दिने विधिबारे पनि विस्तृत जानकारी दिइएको छैन। तर विगतमा साउदी अरबमा टाउको काटेर मृत्युदण्ड दिइने गरेको घटना सार्वजनिक भइरहेका हुन्थे, जसका कारण यो सामूहिक मृत्युदण्ड पनि सामूहिक रुपमा टाउको काटेर दिइने अनुमान गरिएको छ।

यससँगै साउदी अरेबियाले यस वर्ष अहिलेसम्म मृत्युदण्डको सजाय पाएको कुल संख्या ६८ पुगेको छ। प्रतिवेदनले आतंकवादसँग सम्बन्धित अपराधका लागि मेको सुरुदेखि २० भन्दा बढी मृत्युदण्ड दिइएको दाबी गरेको छ।

समाचार एजेन्सी एएफपीका अनुसार गत मेको अन्त्यमा आतंकवादको आरोपमा दुई बहराइनीहरूलाई मृत्युदण्ड दिइएको थियो। गत वर्ष साउदी अरेबियाले कुल १४७ जनालाई मृत्युदण्ड दिने घोषणा गरेको थियो। यो २०२१ मा भएको ६९ जनाको दोब्बर संख्या हो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...