News Portal

विश्व परिप्रेक्ष्यमा नेपालको पत्रकारिताबारे अध्ययन गरिएको पुस्तक सार्वजनिक

हिमालीसंचार संवाददाता
३३५ पटक

असार २, २०८० काठमाडौँ। विश्वव्यापी परिप्रेक्ष्यमा नेपालका सञ्चारमाध्याम र पत्रकारिता क्षेत्रको अवस्थितिबारे विस्तृत अध्ययन समेटिएको पुस्तक “ग्लोबल प्रस्पेक्टिभ अन जर्नालिजम इन नेपाल” को नेपाली संस्करण सार्वजनिक भएको छ।

काठमाडौँस्थित कान्तिपुर सिटी कलेजमा आयोजित एक औपचारिक कार्यक्रमका बीच पुस्तक सार्वजनिक भएको हो। नेपालको पत्रकारिता र सञ्चारमाध्यमका समसामयिक अभ्यासमा केन्द्रित अनुभवजन्य अध्ययन, आलोचनात्मक समीक्षा, सैद्धान्तिक र दार्शनिक विश्लेषणसहितका विषयवस्तु पुस्तकमा समेटिएका छन्।

पुस्तक सार्वजनिक गर्दै प्राध्यापक पी खरेलले नेपालको पत्रकारिताको सैद्धान्तिक र व्यवहारिक अनुसन्धानका लागि यो पुस्तक पथप्रदर्शक हुने बताए। “गहन अनुसन्धानबाट तयार पारिएका शोध र विज्ञहरूको ज्ञान समेटिएको यो पुस्तकले नेपालको समग्र सञ्चार जगत् र पत्रकारिता क्षेत्रको सैद्धान्तिक र व्यवहारिक उन्नयनमा योगदान गर्ने अपेक्षा छ”, उनले भने।

पत्रकारिता क्षेत्रमा राजनीतिक प्रभाव देखिन थालेको उल्लेख गर्दै प्राध्यापक खरेलले नेपालको पत्रकारिता क्षेत्रको सुधारका लागि आलोचनात्मक ढङ्गले जानुपर्ने बताए। सोही कार्यक्रममा प्राध्यापक रामकृष्ण रेग्मीले पत्रकारिता क्षेत्रका तीन पुस्ताले योगदान गरेको यो पुस्तकका थप संस्करण पनि ल्याउन आश्यक रहेको बताए।

पछिल्लो समय पठन संस्कृति हराउँदै गएको उल्लेख गर्दै रेग्मीले सामाजिक सञ्जाल र न्यू मिडियाको प्रयोगले ज्ञान र सूचनाको पुस्तान्तरण हुन नसकेको बताए। “अहिले पठन संस्कृति हराउँदै गएको छ । मानवजातिले सँगालेको अनुभव र ज्ञान एक पुस्ताबाट अर्को पुस्तासम्म पुर्याउनका लागि किताब महत्त्वपूर्ण छ”, उनले भने।

प्राध्यापक कुन्दन अर्यालले पछिल्लो समय जनमानसमा असम्पादित सूचनाहरू बढी जाने गरेकाले त्यसलाई रोक्नु चुनौतीपूर्ण रहेको बताए। “अहिले सामाजिक सञ्जालको प्रयोग र सञ्चारमाध्यममा आएका नयाँ प्रविधिले सम्पादन नै नभएका सूचना नागरिकसम्म पुग्छन्, यो चुनौतीपूर्ण छ”, उनले भने।

पत्रकारिता र सञ्चार क्षेत्रका २१ जना लेखकका शोधपूर्ण लेख समेटिएको यो पुस्तक भानुभक्त आचार्य र श्याम शर्माले सम्पादन गरेका हुन्। सम्पादक भानुभक्त आचार्यले नेपाललाई ‘केसस्टडी’ बनाएर विश्व परिवेशमा आधारित भई पुस्तकका विषयवस्तु राखिएको बताए।

“नेपालको पत्रकारिताले संसारलाई भन्नुपर्ने केही कुरा छन् भन्ने लागेर यो पुस्तक लेखन सुरु भएको थियो। पुस्तकका विषयवस्तु नेपाली पाठकलाई भन्दा पनि अन्तर्राष्ट्रिय जगत्लाई जानकारी दिने उद्देश्य हो”, आचार्यले भने।

पुस्तकमा भानुभक्त आचार्य, श्याम शर्मा, श्रीमन शर्मा, समीक्षा कोइराला, लक्ष्मण हुमागाईँ, तुलसी आचार्य, भगीरथ योगी, जगन कार्की, रामकृष्ण रेग्मी, सुजीना शाक्य, पियुष मिश्र, कुन्दन अर्याल, कवि अधिकारी, लेखनाथ पाण्डे, उषाकिरण रेग्मी, सन्देशदास श्रेष्ठ, हर्षमान महर्जन, विमला थपलिया, प्रवेश सुवेदी, रामहरि तिमिल्सिना र पूर्णबहादुर नेपालीका शोधपूर्ण लेख समेटिएका छन्। ४ भागमा रहेको पुस्तकमा फरक–फरक विषयका १८ वटा लेख समावेश छन्।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...