News Portal

राहदानी बनाउँदा लाग्ने दस्तुर घट्यो, ६६ पृष्ठ र ३४ पृष्ठको राहदानी एउटै दस्तुरमा

हिमालीसंचार संवाददाता
४५६ पटक

असार १, २०८० काठमाण्डौ। राहदानी विभागले ६६ पृष्ठको साधारण राहदानी बनाउँदा लाग्ने दस्तुर घटाएको छ। यसअघि ३४ पृष्ठ र ६६ पृष्ठको राहदानी बनाउँदा फरक फरक दस्तुर लाग्ने भए पनि यही असार तीन गतेदेखि पाँच हजार रुपैयाँ मै ६६ पृष्ठको राहदानी बनाउन सकिने विभागका प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिनुभयो।

उहाँका अनुसार अब जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट ६६ पृष्ठको राहदानी बनाउँदा पनि पाँच हजार रुपैयाँ मात्र दस्तुर लाग्ने छ। यसअघि भने १० हजार रुपैयाँ लाग्ने गरेको थियो। ३४ पृष्ठको राहदानी बनाउँदा पनि दस्तुर पाँच हजार नै लाग्ने छ।

राहदानी कि त ३४ पृष्ठ र कि त ६६ पृष्ठको जारी हुन्छ। आफ्नो आवश्यकता अनुसार राहदानीको आवेदन दिँदा कति पृष्ठको बनाउने हो त्यो छनौट गर्न पाइन्छ। यसअघि भने पृष्ठ अनुसार लाग्ने दस्तुर फरक थियो। अब भने एउटै दस्तुरमा दुवै पृष्ठको राहदानी जारी हुन्छ।

काठमाण्डौमा रहेको राहदानी विभागबाट तत्काल राहदानी लिँदा भने १२ हजार रुपैयाँ दस्तुर लाग्छ। विभागबाट राहदानी बनाउँदा कम्तीमा तीन दिनभित्र हात पर्छ भने जिल्लाबाट बनाउँदा १० देखि १५ दिनमा राहदानी बनेर जिल्ला पुगिसक्ने विभागले जनाएको छ।

विदेशमा रहेका नेपाली दूतावासबाट राहदानी बनाउँदा भने देशगत रूपमा दस्तुरमा केही तलमाथि हुन सक्छ।

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...