News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • डेढ अर्ब कुम्ल्याएर कहाँ भागे ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली ?

    हिमालीसंचार संवाददाता
    २६८ पटक

    बागलुङ। सर्वसाधारणले दुःखजिलोबाट बचत गरेको डेढ अर्बभन्दा बढी रकम हिनामिना गरेर इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङका अध्यक्ष देवकुमार नेपाली प्रहरी प्रशासनको नाकै मुनिबाट दुई महिना भन्दा लामो समयदेखि फरार छन्।

    बचतकर्ताले जम्मा गरेको रकम आर्थिक तरलताको अभाव देखाउँदै रकम फिर्ता गर्न नसक्ने सूचना टाँसेका अध्यक्ष नेपालीले बचत कर्ताको दबाबपछि केही समयभित्र आफ्नो नीजि सम्पत्ति बेचेर रकम फिर्ता गर्ने लिखित प्रतिबद्धता व्यक्त गरेका थिए।

    सहकारीका बचतकर्ताको भेला गरेर रकम ६ महिनाभित्र फिर्ता गर्ने प्रतिबद्धता जनाएका अध्यक्ष नेपाली रातारात परिवारसहित फरार भएपछि बचतकर्ता निराश भएका हुन्।

    बचतकर्ताले आफ्नो रकम अध्यक्ष नेपालीले व्यक्तिगत रूपमा मनोमानी ढंगले प्रयोग गरेर हिनामिना गरेको भन्दै जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजी गरेर बचत रकम फिर्ता गराइदिन माग गरेका थिए।

    बचतकर्ताले नाराबाजी गर्दासमेत जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख योगेन्द्रकुमार खड्काले सहकारीको ठगी आफ्नो कार्यक्षेत्र नपर्ने भएकाले ठाडो उजुरी लिन इन्कार गरेको सहकारी पीडित संघर्ष समितिले जनाएको छ।

    गृहमन्त्री नारायणकाजी श्रेष्ठ देशमा भ्रष्टाचार र बेथिति रोक्ने भन्दै नयाँ अभियानमा हिँडिरहेको समयमा बागलुङ प्रहरी प्रशासनले पीडितको पक्षमा कहिँ कतै सहानुभूति समेत नदेखाएको, उल्टै सहकारीमा जनताको रकम हिनामिना गर्नेलाई संरक्षण गरेको आशंका स्थानीयले गरेका छन्।

    गृहमन्त्रीका स्वकीय सचिव विज्ञान गौतमलाई भ्रष्टाचारविरूद्व अभियान बागलुङका टोलीले भेटेर जानकारी गराएपछि उनले प्रहरी प्रमुख खड्कालाई फोनबाट उजुरी दर्ता गर्न निर्देशन दिएपनि खड्काले आनकानी गरेको उनीहरुको भनाइ छ।

    सर्वसाधारणको सुरक्षामा खटिने प्रहरी प्रशासनको चरम लापरबाहीका कारण जनताको अर्बौं रकम जोखिममा परेपछि अहिले स्थानीय बचतकर्ता निराश भएका हुन्। नेपाली ढोरपाटन नगरपालिकाका मेयर पनि हुन्। जनआस्थाबाट।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज वैशाख १०, २०८२ (अप्रिल २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कक्षा १२ को परीक्षा बहिष्कार : केन्द्राध्यक्षहरूद्वारा राजीनामा, शिक्षक आन्दोलनलाई समर्थन

    काठमाडौं, वैशाख ९ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालनका लागि तयारी गरिरहेकै...

    १५६औं लेनिन जयन्ती र ७७औं कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा ७७ जना विभिन्न पार्टीका नेता तथा कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश

    काठमाडौं, वैशाख ९ – नेपाल कम्युनिस्ट पार्टीले १५६औं लेनिन जयन्ती तथा पार्टीको ७७औं स्थापना दिवसको...

    तीनकुने काण्ड : दुर्गा प्रसाईंविरुद्ध पाँचवटा गम्भीर अभियोगमा बयान सुरु

    काठमाडौं, वैशाख ९ – राजधानीको तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य अभियुक्त...

    कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने, तयारी तीव्र –

    काठमाडौं, वैशाख ९ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा पूर्व निर्धारित तालिकाअनुसार यही...