News Portal

कुवेत पठाइदिने भन्दै झण्डै ८ लाख रकम ठगी गर्ने एक जना पक्राउ

हिमालीसंचार संवाददाता
४९१ पटक

काठमाडौँ। वैदेशिक रोजगारीको लागि कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मकवानपुरको फिदिम गाउँपालिका वडा नम्बर ६ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका १४ कलंकी बस्ने ३७ वर्षीय विजय पुलामी मगर रहेका छन्।

उनले वैदेशिक रोजगारीको लागि विदेश पठाइदिन्छु भन्दै १३ बाट ७,७५,२०० रकम असुलेर सम्पर्कविहीन भएका थिए। प्रहरीले उनलाई हिजो काठमाडौँ महानगरपालिका वडा नम्बर २८ पुतलीसडकबाट पक्राउ गरेको हो।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...

आज २०८२ साल चैत ८ गतेको राशिफल

आज चैत ८, २०८२ ( मार्च २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...