News Portal

च्याम्पियन चर्च ब्वाइज र खुमलटारबीचको खेल तनावग्रस्त

हिमालीसंचार संवाददाता
४०७ पटक

काठमाडौं। सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रेलिगेसन क्षेत्रबाट बच्न संघर्षरत फुटबल क्लब खुमलटार र लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडबीचको खेल तनावग्रस्त बनेको छ।

शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा दिउँसो ३ बजेदेखि सुरु भएको खेलको पहिलो हाफको इन्जुरी समय तनावग्रस्त बनेपछि रेफ्री प्रज्वल क्षेत्रीले खुमलटारका चार अफिसियललाई रातो कार्ड देखाइसकेका छन्।

खेलको पहिलो हाफमा ६ मिनेटको इन्जुरी समय थपिएको थियो। तर, खेल तनावग्रस्त बन्दा रोकिएको पहिलो हाफपनि समाप्त भएको छैन।

लिग च्याम्पियन बनिसकेको चर्च ब्वाइज २५ खेलबाट ४५ अंक जोडेको छ। यस्तै, तालिकाको पुछारमा रहेको खुमलटारको २७ अंक जोडेको छ। रेलिगेसनबाट बच्न खुमलटारालाई आज जित्नै पर्ने दबाब छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...