News Portal

धनगढीका कांग्रेस विपीका नेताले अर्काकी श्रीमती भगाएर फरार भएपछि..

हिमालीसंचार संवाददाता
३५७ पटक

धनगढी। कैलालीको धनगढीका एक जना नेता अर्काकी श्रीमती लगेर फरार भएका छन्। कैलालीको धनगढी उपमहानगरापालीका–२ बैयाबेहडीका दीपकराज खैर ४ छोराछोरीसहित श्रीमतीलाई छोडेर अर्कैकी श्रीमती लगेर फरार भएका हुन्।

२०७९ मंसिरमा भएको चुनावमा नेपाली कांग्रेस (विपी)बाट कैलाली क्षेत्र नम्बर ५ को (२) बाट उम्मेदवार भएका खैरले दैलेख निवासी विवाहित महिला गङ्गा क्षेत्रीलाई भगाएर भारतको बैंगलोर गएको बुझिएको छ। श्रीमानले अर्कैकी श्रीमती भगाएर लगेपछि आफूसहितका ४ सन्तानको बिचल्ली भएको उनकी श्रीमतीले गुनासो गरिन्। श्रीमती जानकी खैरले कैलाली जिल्ला अदालतमा श्रीमानविरुद्ध बहुविवाहको मुद्दा दायर गरेकी छिन्।

यसअघि सुदुरपश्चिम प्रदेशसभामा कम्प्युटर अपरेटर पदमा कार्यरत खैरले प्रदेश सभाको अधिकृत रहेको नक्कली परिचयपत्र बनाएर धेरै युवतिलाई जालमा पार्ने गरेको खुलेको छ। उनले त्यो परिचयपत्र देखाएर महिला तथा युवतीहरूलाई झुक्याउने गरेको बताइएको छ।

उनी हाल भारतमा छन्। अश्लील भिडियो खिचेर आफन्तलाई पठाउने र अनावश्यक दुःख दिने गरेको पिडितहरुले बताएका छन्। दैलेख घर भएकी गङ्गा क्षेत्री २ सन्तान छोडेर आफ्नो श्रीमानसँग भागेको जानकी खैरले बताइन्।

धनगढीखबरका अनुसार जिल्ला प्रहरी कार्यालय कैलालीमा खैरविरुद्ध यसअघि पनि मुद्दा परेको थियो।

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...