News Portal

मोरङको रंगेली नगरपालिकामा विपद व्यवस्थापन सम्बन्धि गोष्टि सम्पन्न

हिमालीसंचार संवाददाता
२१६ पटक

रबिन्द्र बराल/मोरङ – मोपङको रंगेली नगरमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमाका लागि नगरस्तरीय कार्यशाला गोष्टि सम्पन्न भएको छ ।

मोरङको रंगेली नगरपालिकाको सभाहलमा सम्पन्न भएको कार्यक्रममा नगरमा रहेका साना तथा ठुला खोलानालाहरुमा बर्षेको समयमा नगर बासिले भोग्न पर्ने समस्या र सम्धानकालाई बर्षा हुनु भन्दा पहिले के कसरी अगाडि बडन सकिन्छ भन्ने बिषयमा छलफल गरिएको थियो।  

कार्यक्रममा बक्राह खोला, चिस्याङ खोला, मरिया खोला, डाँस खोला लगायतका खोला-नालाले वडाका घरधुरीहरु कत्तिको जोखिम रहेको भन्ने बिषयमम छलफल समेत भएको थियो । 

कार्यक्रममा वडा नं ३ चिसाङ खोला विगतमा काजीमान चोकदेखि बाबुसाहेब टोल साधुटोलसम्म जलवल बनाएको थियो। यस बर्षदेखि बर्षाको समयमा रंगेली धेरै ठाउँ सुरक्षित रहेता पनि केही भाग मात्रै टकान हुने देखिने सहभागीहरुले बताए। विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना कार्यक्रममा  नगर प्रमुख दिलिप बगडिया, उपमेयर भुमा पराजुली, कार्यकारी अधिकृत ओमकार प्रसाद न्यौपाने, विभिन्न वडाहरुको वडाअध्यक्ष, कार्यापालीका सदस्य नेपाल प्रहरीका प्रतिनिधि, सशस्त्र प्रहरीका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो। 

कार्यक्रमको प्रशिक्षक बरिष्ठ सहजकर्ता रामकुमार दाहालले गरेका थिए । नगरका सबै वडाका वडाअध्यक्षहरुले आफ्नो वडाभित्रमा कटान  क्षेत्रको बारेमा समेत जानकारी गराएका थिए। रंगेली नगरपालिकाको आयोजना तथा लुथरन सामुदायिक कल्याण समाजको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...