News Portal

  • मुलुकभर गर्मी सुरू भयो, यी फलफूल खाए हाम्रो शरीरलाई शितलता प्रदान गर्दछ

    हिमालीसंचार संवाददाता
    ५३१ पटक

    अहिले अत्याधिक गर्मी बढेसँगै हामी धेरै प्रकारका फलफुलहरुको जुस तथा फलहरु खाने गर्दछौं । गर्मी बढेकै कारण तराईका धेरै विद्यालयहरु अहिले बन्द गरिएका छन् । अहिले गर्मी बढेसँगै हाम्रो शरीर कमजोर र सिथिल हुँदै गएको छ । बजारमा कैयौ फलफुलहरु आइरहेका हुन्छन् । हामीहरुले तिनीहरुको जुस बनाएर खाने गर्दछौं । र, हाम्रो शरीरलाई शितलता प्रदान गर्दछौ । आज हामी त्यस्ता फलफूलहरुको बारेमा वर्णन गर्नेछौं, जुन गर्मीको समयमा खाँदा हाम्रो शरीरलाई फाइदाजनक हुन्छ ।

    १. आँप – आँपलाई हामी फलफुलको राजा भन्ने गर्दछौ । आँप प्रायजसो सबैलाई मनपर्ने फल हो । आँपलाई हामी काँचै खानेपनि गर्दछौ । यसको विभिन्न प्रकारका परिकारहरु बनाएर खाने गर्दछौ । गर्मी मौसममा यसको जुस, आइसक्रिम बनाएर खाने गरिन्छ । यसलाई बच्चाहरुले समेत धेरै मन पराउने भएकोले यो फल धेरै नै लोकप्रिय बनेको छ । आँप खादा शरिरलाई धेरै सितलता प्राप्त हुन्छ। 

    २.  मेवा – मेवाले शरीरलाई धेरै फाइदा गर्ने भएकोले यसलाई प्रायः मानिसहरुले खाने गर्दछन् । मेवामा भिटामिन, फाइबर पाइन्छ । मेवा तौल कम गर्नको लागिपनि खाने गरिन्छ । यसले विशेषत मुटु र आँखालाई धेरै फाइदा गर्दछ । यो फल पनि गर्मीयाममा खाँदा शरीर शितल हुने गर्दछ ।

    ३. खरबुजा – खरबुजा गर्मीको समयमा खाने धेरै राम्रो फल हो । यसको जुस बनाएर खायौं भने शरीरलाई शितलतामात्र नभई स्वास्थ्यमा पनि फाइदा दिने गर्दछ । यो फलमा भिटामिन, मिनरल, क्याल्सियम पाइन्छ । यो फल प्रायः गर्मी मौसममा पाइन्छ । अहिलेको बढ्दो गर्मी मौसमसँगै यो फलले अत्यधिक स्वास्थ्य लाभ गर्दछ ।

    ४. सुन्तला – सुन्तला जाडो समयमा पाइने फल भएपनि अहिले स्टोर गरेर गर्मीको मौसममा पनि खाने गरिन्छ । यसको जुसले हामीलाई एनर्जी दिने गर्दछ । यसमा भिटामिन ‘सी’, क्यालोरी, फाइबर, भिटामिन पाइन्छ । यसको जुस, जाम, जेली, वाइन, विभिन्न प्रकारका मिठाइहरु समेत बनाइन्छ । यसको बाहिरको बोक्राको प्रयोगले समेत शरीरलाई धेरै फाइदा दिने गर्दछ ।

    ५. अम्बा – हाम्रो समुदायमा अम्बा धेरै प्रजातिका पाइन्छन् । यो फलपनि गर्मी मौसममा खाने गरिन्छ । यसमा क्यालोरी, फाइबर, एन्टीअक्सिडेन्ट, भिटामिन पाइन्छ । यो फल तौल कम गर्नका लागिपनि खाने गरिन्छ । अम्बाले मुटु स्वास्थ्य बनाउने, मांशपेसीको दुखाई कम गर्ने, छालालाई स्वास्थ्य राख्ने, खोकी लागेको औषधी, तौल कम गर्ने जस्तो फाइदा गर्दछ ।

    ६. लिची – यो फल गर्मीको मौसममा बढी पाइन्छ । काँचो हुँदा अमिलो हुने र पाकेपछि त्यसको स्वाद मिठो हुन्छ । यो फल सबैलाई मनपर्ने फल हो । लिचिमा क्यालोरी, प्रोटीन, सुगर, फाइबर र फ्याट पाइन्छ । यसले रातो रगत सेल बनाउन मद्दत गर्दछ । लिचिको जुस, जाम, जेली, वाइन, सस जस्ता चिजहरु बनाएर खाईन्छ ।

    ७. स्ट्रबेरी – स्ट्रबेरी स्वास्थ्यको लागि एकदमै मिठो र लाभदायक फल हो । यसमा क्यालोरी, कार्बोहाइट्रेड, भिटामिन ‘सी’ र फ्याट कम मात्रामा पाइन्छ । यसले मुटु स्वास्थ्य राख्न, कब्जियत कम गर्ने र तौल कम गर्न मद्दत गर्दछ । साथसाथै यसको जुस बनाएरपनि खाने गरिन्छ ।

    ८. भुईंकटहर – यो फलका फल मिठो र स्वादिलो हुने भएकोले यसलाई धेरैले खान मन पराउँछन् । यो फलमा क्यालोरी, कार्बोहाइट्रेड, फाइबर, प्रोटिन, आइरन, भिटामिन, सोडियम, पोटासियम र कम मात्रामा फ्याट पाइन्छ । यो हाम्रो शरीरको स्वास्थ्यको लागि एकदमै फाइदाजनक फल हो । यसको जुसपनि मिठो हुने हुने भएकाले यो फल स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ ।

    तस्वीर:  स्यालस्याटलाईफडटकम

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    १३२/३३ केभी केरौन सब–स्टेशनको निर्माण कार्य अन्तिम चरणमा

    रविन्द्र बराल/मोरङ, कार्तिक २७ – मोरङको कानेपोखरी गाउँपालिका–२, केरौन बजार नजिक निर्माण भइरहेको १३२/३३ केभी सब–स्टेशनको...

    रंगेलीमा लागुऔषध सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    रविन्द्र बराल/मोरङ, कार्तिक २७ – नेपाल औषधि व्यवसायी संघ मोरङ जिल्ला शाखाले लागुऔषध विषयमा छलफल तथा...

    आज २०८२ साल कार्तिक २७ गतेको राशिफल

    आज कार्तिक २७, २०८२ (नोभेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली कम्युनिस्ट पार्टीमा फर्किएर पुरानो घाउको महसुस

    काठमाडौं, कार्तिक २६  – मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि...

    प्रचण्डको दाबी: एमालेका नेताहरू चाँडै आफ्नो पार्टीमा आउने

    काठमाडौं, कार्तिक २६ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरू...