News Portal

पलाञ्चोकमा ‘साँढे बोका’ छाड्न रोक

मोतीराम तिमल्सिना
३४६ पटक

काभ्रे। जिल्लाको ऐतिहासिक प्रसिद्ध मन्दिर पलाञ्चोक भगवतीमा भक्तजनहरूले साँढे बोका छाडा रुपमा छाड्ने प्रचलनलाई अर्को सूचना जारी नहुँदासम्म रोक लगाइएको छ।

वडा अध्यक्ष रामकाजी श्रेष्ठले जेठ १७ गते सूचना प्रकाशन गरी साँढे छाडिएका बोकाहरूमा गम्भीर प्रकृतिको संक्रमक रोग पिपिआर देखा परेकाले तत्कालका लागि बोका छाड्न रोक लगाइएको उल्लेख गरिएको छ।

‘देशका विभिन्न स्थानबाट पलाञ्चोकमा ल्याएर छाडिएका साँढे बोकाहरूमा पिपिआर नामक सरुवा रोग देखिएको छ’–वडा अध्यक्ष रामकाजी श्रेष्ठले भन्नुभयो–‘उक्त रोगका कारण १० दिनमा १२ वटा बोका मरिसकेका छन्। बाँकी १३ वटा बोकालाई भ्याक्सिन लगाइएको भए पनि अरु कति छन् र कुन स्थानमा पुगेका छन् फेला पार्न सकिएको छैन।’

साँढे बोका जताततै पुग्ने भएकाले ती बोकामा देखिएको सरुवा रोग पिपिआर घरपालुवा बाख्रा तथा बोकाहरूमा पनि सर्न सक्ने भएकाले तत्कालका लागि पलाञ्चोक भगवती मन्दिरमा त्यस्ता बोका छाड्न निषेध गरिएको अध्यक्ष श्रेष्ठले बताउनु भयो।

‘धमाधम बोकाहरु मर्न थालेपछि नगरपालिकामा रहेको पशुपन्छी शाखामा जानकारी गरायौँ। उक्त शाखाबाट खटिएका प्राविधिकहरुले मरेका बोकाहरुको पोस्टर्माटम गरी परीक्षण गरे पछि मात्रै सरुवा रोग पिपिआर पत्ता लागेको हो’–अध्यक्ष श्रेष्ठले भन्नुभयो–‘मरेका बोकाहरुको व्यवस्थापन र बाँचेका बोकाहरूमा भ्याक्सिन लगाउने कार्य वडा कार्यालयको तर्फबाट नगरपालिका र पशुपन्छी शाखाको समन्वयमा भइरहेको छ।’

सर्वसाधारणहरुका लागि पलाञ्चोक भगवती मन्दिरमा तत्काल साँढे बोका नछाड्न वडा कार्यालयको तर्फबाट अनुरोध गरिएको छ भने पलाञ्चोक भगवती मन्दिर व्यवस्थापन समितिले पनि अनुरोध गरेको छ। स्थानीयहरुले घरपालुवा बाख्रा तथा बोकाहरूमा पिपिआर रोगको लक्षण देखा परे वडा कार्यालय तथा पशुपन्छी शाखामा सम्पर्क गर्न अनुरोध गरिएको छ।

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...