News Portal

कालिकाखबर दोस्रो वर्षमा प्रवेश

हिमालीसंचार संवाददाता
३६० पटक

कुवेत– कालिका खबर डटकम स्थापनाको एक वर्ष पूरा गरेर दोस्रो वर्षमा प्रवेश गरेको छ। दोस्रो वर्ष प्रवेश गरिरहँदा निरन्तर साथ दिनुहुने समस्त पाठक, दर्शक, विज्ञापनदाता, शुभेच्छुक तथा यस संस्थामा आवद्ध सम्पूर्ण सदस्य तथा कर्मचारीहरुप्रति कालिका खबर डटकमले विशेष आभार व्यक्त गर्नु भएको छ।

सबैको शुभेच्छा, हौसला, सहयोग र सहकार्यले नै यस सञ्चार माध्यमलाई स्थापित गराउँदै जनतालाई सुसुचित गराउने अविराम यात्रामा निरन्तर खटिरहन उर्जा प्राप्त भएको छ। खोज पत्रकारितालाई विशेष प्राथमिकता दिँदै कालिकाखबर डटकम २०७८ जेठ १६ बाट आरम्भ गरिएको थियो।

जुन उद्देश्य र लक्ष्यका साथ सुरु भयो कालिकाखबर डटकमले सोहि अनुसार आफ्ना कदमहरु चालिरहेको छ। कलमहरु सोहि अनुसार चलिरहेका छन्। जुन सम्पूर्ण पाठकहरुमा जगजाहेर छ।

न्यायपरिषदले छानबिन गरेर न्यायधिशसमेतलाई कारवाही भएको छ। सरकारले नीतिगत निर्णय सच्याएको छ। जननिर्वाचित सांसदहरुलाई जनताप्रति उत्तरदायी बनाउन खबरदारी गरिएको छ। खोजमूलक पत्रकारिता मार्फत हामीले राजनीति भित्रका कुरा र समाजको बदलिँदो चित्रलाई उजागर गर्दै जनताका भावनालाई समेट्ने प्रयास गर्दै कालिका खबर डटकमले आएका छ।

उद्देश्य नै सोहि राखेर अघि बढेको कालिकाखबर डटकम आफ्नो गन्तव्यमा निरन्तर लागिरहने प्रण गर्दै यस एक वर्षको अवधिमा हाम्रा गल्ती– कमजोरीलाई औल्याएर सधैं सत्य र तथ्यको बाटोमा अघि बढ्न उर्जा थप्ने तपाई सम्पूर्ण पाठक र शुभचिन्तकप्रति हार्दिक आभार व्यक्त गर्दै निरन्तर रचनात्मक सुझाव र प्रतिकृयाको अपेक्षा गरेको कालिकाखबर डटकमका प्रबन्धक पुस्तक रेग्मीले बताउनु भयो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...