News Portal

मोङको रंगेलीमा भ्रष्टाचार नियन्त्रण सम्बन्धि विद्यार्थीको भूमिका विषयमा अन्तरक्रिया

हिमालीसंचार संवाददाता
२९८ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेलीमा भ्रष्टाचार नियन्त्रणमा विद्यार्थीको भूमिका विषयक सामुदायिक शिक्षा कार्यक्रम रंगेलीमा सम्पन्न भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले रंगेली नगरपालिका-७ स्थित तिरुपति बालाजी मन्दिरको सभाहलमा एक दिने भ्रष्टाचार नियन्त्रणका बिषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ । 

रंगेली-७ मा रहेको मिनिल्याण्ड बोर्डिङ स्कुलमा अध्ययनरत कक्षा ८ देखि १० सम्मका बिधार्थीहरुलाई विद्या कुल्चापि नियन्त्रण तथा सुसासन अभिक्रिया विद्यार्थीको भुमिका, भ्रष्टाचार नियन्त्रण र सदाचारिता प्रवर्द्धनबारे जनचेतना अभिवृद्धि गर्ने, भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका, भ्रष्टाचार नियन्त्रणमा विद्यार्थी एवम शिक्षण संस्थाहरुको भूमिकाको बारेमा जानकारी समेत गराईएको थियो।

बिधार्थीहरुलाई निजी फाइदाका लागि सार्वजनिक जोहदाको दुरूपयोग, ट्रान्सपरेन्सी इन्टरनेशनल, निजी वा व्यक्तिगत लाभको लागि सुम्पिएको शक्तिको दुरुपयोग, निजी “लाभका लागि सार्वजनिक शक्तिको दुरुपयोग, भ्रस्टाचार गरे के कस्ता सजाय हुने भन्ने बिषयमा समेत जानकारी गराएका थिए। 

कार्यक्रममा भ्रष्टाचार दुरुपयोग अनुसन्धान आयोगका कार्यालय ईटहरीका कमल प्रसाद भट्टराई, प्रदिप घिमिरे, बिधालयका शिक्षक बुद्धिनाथ झा, घनश्याम भण्डारी, जनक डिसि, बिजय राजवंशी,  बिक्रम मण्डल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...