News Portal

मोङको रंगेलीमा भ्रष्टाचार नियन्त्रण सम्बन्धि विद्यार्थीको भूमिका विषयमा अन्तरक्रिया

हिमालीसंचार संवाददाता
२६० पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेलीमा भ्रष्टाचार नियन्त्रणमा विद्यार्थीको भूमिका विषयक सामुदायिक शिक्षा कार्यक्रम रंगेलीमा सम्पन्न भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले रंगेली नगरपालिका-७ स्थित तिरुपति बालाजी मन्दिरको सभाहलमा एक दिने भ्रष्टाचार नियन्त्रणका बिषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ । 

रंगेली-७ मा रहेको मिनिल्याण्ड बोर्डिङ स्कुलमा अध्ययनरत कक्षा ८ देखि १० सम्मका बिधार्थीहरुलाई विद्या कुल्चापि नियन्त्रण तथा सुसासन अभिक्रिया विद्यार्थीको भुमिका, भ्रष्टाचार नियन्त्रण र सदाचारिता प्रवर्द्धनबारे जनचेतना अभिवृद्धि गर्ने, भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका, भ्रष्टाचार नियन्त्रणमा विद्यार्थी एवम शिक्षण संस्थाहरुको भूमिकाको बारेमा जानकारी समेत गराईएको थियो।

बिधार्थीहरुलाई निजी फाइदाका लागि सार्वजनिक जोहदाको दुरूपयोग, ट्रान्सपरेन्सी इन्टरनेशनल, निजी वा व्यक्तिगत लाभको लागि सुम्पिएको शक्तिको दुरुपयोग, निजी “लाभका लागि सार्वजनिक शक्तिको दुरुपयोग, भ्रस्टाचार गरे के कस्ता सजाय हुने भन्ने बिषयमा समेत जानकारी गराएका थिए। 

कार्यक्रममा भ्रष्टाचार दुरुपयोग अनुसन्धान आयोगका कार्यालय ईटहरीका कमल प्रसाद भट्टराई, प्रदिप घिमिरे, बिधालयका शिक्षक बुद्धिनाथ झा, घनश्याम भण्डारी, जनक डिसि, बिजय राजवंशी,  बिक्रम मण्डल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...