News Portal

राजनीतिलाई पेसा होइन समाजसेवाका रुपमा लियौ : मेली शाह

६२० पटक

काठमाडाैं : देशको दुर्गम स्थान डोल्पा जिल्लामा हुर्केकी मेली शाह नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्य हुन्। नेपालको निजी लगानीको पहिलो र सबैभन्दा ठूलो  इन्जिनियरिङ कलेज नेपाल इन्जिनियरिङ कलेजबाट आर्किटेक्चर विषयमा स्नातक गरेकी शाह हाल त्रिभुवन विश्वविद्यालयमा राजनीतिक शास्त्रमा स्नातकोत्तर तहको दोश्रो वर्षमा अध्ययरत छिन्।

लक्ष्मण कुमार शाहको जेष्ठ सुपुत्रीको रुपमा जन्मिएकी शाहको पारिवारिक वातावरण नै राजनीतिक पृष्ठभूमिको रहेको छ। उनी डोल्पा जिल्लाका तत्कालिन माननीय लक्ष्मीशरण शर्माका नातिनी हुन्। जेठो मामा तत्कालिन नेपाली कांग्रेसका पार्टी सभापति अशोक कुमार हमालको राजनीतिक गतिविधि र छत्र –छायाँमा उनको राजनीतिक जीवन शुरु भएको हो।

डोल्पा जिल्ला सदरमुकाम दुनै माओबादी आक्रमणमा परेको बेला कक्षा ७ मा अध्ययन गरिरहेकी शाहले सोही घटनाका कारण स्कुल लामो समय बन्द भएकाले काठमाडौंमा अध्ययन सुचारु गरिन्। देशकै नागरिक एक आपसमा लडेर आफ्नै आँखा अगाडि लास देख्दा उनलाई पछिका दिनमा राजनीतिमा आएर देश भित्रको समस्या समाधानको लागि लाग्ने अठोट गरिन्। सो घटना पछि व्यक्तिगत रुपमा उनको प्रजातन्त्रप्रतिको आस्था अझ मुखरित भएको पाइन्छ।

आफ्नो पेसामा अब्बल शाह इन्जिनियरिङ्ग फर्म खोलेर ब्यवसायमा लागिरहेकी छिन्। उनले राजनीतीलाई पेसा होइन समाजसेवाका रुपमा लिनुपर्छ भन्ने विचार बोक्छिन्। उद्यमशीलता र विद्यार्थी राजनीतिलाई सँग-सँगै लिएर विद्यार्थीको हकहितका साथ साथै, शैक्षिक क्षेत्रको सुधारमा निरन्तर क्रियाशील विद्यार्थी नेत्रीको रुपमा चिनिएकी शाह अध्ययन सँगै विद्यार्थीहरु उद्यमशीलतामा अगाडि बढ्नु पर्छ भन्ने धारणा राख्दै आएकी छिन्।

ने. वि.संघले ईतिहासमै पहिलो पटक ने बि सँघ टेक फेस्ट २०१८ गर्यो, जहाँ देशका प्राविधिक विषय पढाई हुने विभिन्न क्याम्पसबाट आम विद्यार्थीहरुको सहभागिता थियो। लगानी कर्ता र विद्यार्थीको सीप र कलालाई एक ठाउँमा ल्याउन सफल उक्त कार्यक्रमको संयोजकका रुपमा शाहले सफलतापूूर्वक सो कार्यक्रम सम्पन्न गरेबाट ने बि संघको ईतिहासमा नयाँ कोशेढुङ्गा थपिएको यस क्षेत्रका अग्रजहरु बताउँछन्। ने. बि. संघले सडक आन्दोलन, राजनीतिक कार्यक्रम गर्ने मात्र होइन रचनात्मक र बौद्धिक तथा सृजनशील कार्यक्रम र विद्यार्थीका भविष्यका लागि पनि काम गर्ने संगठनका रुपमा चिनाउन उक्त कार्यक्रम सफल भएको मानिन्छ।

यस्तै, ने. बि. संघ टेक टक नामक अर्को कार्यक्रम शाहकै संयोजकत्वमा सुुरुवात भएको छ। साथै उक्त कार्यक्रममा दक्ष व्यक्तित्वहरुलाई निमन्त्रणा गरी विभिन्न कलेज कलेजमा कार्यक्रम गर्ने कामको पनि सुरुवात गरिएको छ। यसरी विभिन्न कलेजका विद्यार्थीहरुले सोझै सम्बन्धित क्षेत्रका विज्ञ तथा जानकारहरुसँग ज्ञान हासिल गर्न पाउने अवसर मिलाइएको छ। शुभदिनबाट

प्रतिकृया दिनुहोस्

दाङमा राजा वीरेन्द्रको शालिकमा उभिएर नाराबाजी प्रकरणमा राप्रपाको आपत्ति

बुटवल, फागुन ८ – दाङको तुलसीपुर उपमहानगरपालिका बिरेन्द्रचोकमा भएको विवादास्पद घटनाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

रास्वपाको भैरहवा र पोखरा सभा स्थगित, पार्टीका दुई कारण खुलाइयो

काठमाडौं, फागुन ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भैरहवा र पोखरामा आयोजना गर्न लागेको परिवर्तन...

तुलसीपुरमा एमालेको झण्डा जलाइएपछि विवाद, संयमताको आग्रह

दाङ, फागुन ८ – दाङको तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी निकट केही युवाले नेकपा (एमाले) को...

कांग्रेस–एमाले गठबन्धन तोड्न योजनाबद्ध रूपमा ‘दुर्घटना’ गरियो : एमाले

काठमाडौं, फागुन ८ – नेकपा एमाले ले कांग्रेस र एमालेबीच बनेको सहकार्यलाई कमजोर बनाउन योजनाबद्ध रूपमा...

आज २०८२ साल फागुन ८ गतेको राशिफल

आज फागुन ८, २०८२ ( फेब्रुअरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...