News Portal

कोशी प्रदेशको नाम खारेजी, पहिचानको आधारमा प्रदेशको पुनःनामकरण माँग सहित उभौली साकेला चाँडको समापन (फोटोफिचर)

हिमालीसंचार संवाददाता
३७६ पटक

विकास चाम्लिङ राई/धरान – धरान उपमहानगरपालिका धरान-१७ स्थित साकेला पार्कमा किरात राई यायोख्खा जिल्ला कार्यसमिति सुनसरीको आजोजनामा हिजो शनिबार कोशी प्रदेश खारेजी र पुन:पहिचानको आधारमा “किरात प्रदेश” नामाङकन गर भन्ने नारा सहित उभौली साकेला चाँडको समापन गरिएको छ।

बैशाख पूर्णेदेखि शुरु भएको प्रकृति पुजक किरातहरुको महान उभौली साकेला चाड हिजो शनिबार धरान-१७ स्थित साकेला पार्क सप्तरंगीमा भव्यताका साथमा समापन गरिएको हो। किरायाले यो बर्ष किरात प्रदेशको पुन:नामकरण सहित उभौली चाड मनाएको हो। 

प्रदेश सरकारले गुरिल्ला शैलीमा कोशी प्रदेश नामकरण गरेपछि आन्दोलित भएका किरात राई समुदायले यस बर्षको येलेदोङ ५०८३औं उभौली साकेला चाँड सडक र सास्कृतिक विरोध सहित हिजो समापन गरेका हुन्। किराया केन्द्रिय कार्यसमितिले प्रदेशको नामाङकन पहिचानको आधारमा पुन;नामकरण गरिनु पर्ने एक शुत्रिय मागसहित उभौली साकेला चाडलाई सास्कृतिक आन्दोलनको रुपमा देशभरी मनाउने निर्णय गरेको थियो। 

धरान-१७ स्थित साकेला पार्कमा हिजो शनिबार आयोजित उभौली साकेला चाड समापन कार्यक्रममा कोशी प्रदेश खारेजी र पहिचानको आधारमा किरात प्रदेश नामाङकन गर भन्ने प्ले कार्ड सहित उभौली साकेला चाड समापन कार्यक्रममा सहभागि भएका थिए भने कार्यक्रममा उपस्थित अतिथिहरुले समेत कोशी प्रदेश खारेज गरेर पुनःपहिचानको आधारमा प्रदेशको नामकरण गरिनु पर्ने जोडदार माग उठाएका थिए। 

तस्वीर: विकास चाम्लिङ राई

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...

रवि–बालेन सहकार्य लामो समय टिक्ने छैन: कांग्रेसको ठहर

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिलाई सामाजिक सञ्जालमा देखिएको चर्चा भन्दा फरक...

प्रचण्ड भन्छन्: निर्वाचन माहोल नेकपाको पक्षमा बढ्दैछ

पोखरा, २८ माघ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

शंकास्पद रूपमा भारत लैजाँदै गरिएका बालबालिका फेला, ६ जनामाथि अनुसन्धान

दाङ, माघ २८ – बर्दिया मार्ग हुँदै भारततर्फ लैजाँदै गरिएका तीन जना नेपाली बालबालिकालाई प्रहरीले...