News Portal

सशस्त्र प्रहरीको इन्स्पेक्टर पदमा मागभन्दा कम उतिर्ण

हिमालीसंचार संवाददाता
२७८ पटक

काठमाडौैं। सशस्त्र प्रहरी बलको प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको भर्नामा मागभन्दा कम उत्तीर्ण भएका छन्।

शुक्रबार लोकसेवा आयोगले सार्वजनिक गरेको लिखित परीक्षाको नतिजाअनुसार कानुन उपसमूह तथा विभिन्न आरक्षणका कोटामा मागभन्दा कम उत्तीर्ण भएका हुन्।

कानुन उपसमूहअन्तर्गत ४ जना माग भएकोमा १ जना मात्र उत्तीर्ण भएका छन्। साधारण उपसमूहतर्फ महिलाको कोटामा ६ जना माग भएकोमा ४ जना मात्र लिखित परीक्षामा सफल भएका छन्।

त्यस्तै, मधेसीतर्फ १० जनाको कोटामा ४ जना, दलिततर्फ पाँचजनाको कोटामा दुई तथा अमर–अशक्त प्रहरीका सन्तानलाई छुट्याइएको एक पदमा कोही पनि उत्तीर्ण भएका छैनन्।

साधारण उपसमूहतर्फ खुलातर्फ भने ३८ जनाको माग भएकोमा ४७ जना उत्तीर्ण भएका छन्। आदिवासी जनजातितर्फ नाै जनामा ९ जना तथा पिछडिएको क्षेत्रको दुई कोटामा दुईजना सफल भएका छन्।

सुरक्षा निकायका कतिपय भर्नामा आवेदन नै कम पर्ने र मागभन्दा लिखित परीक्षामा कम उत्तीर्ण हुने प्रवृत्ति विगतदेखि नै छ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...