News Portal

सशस्त्र प्रहरीको इन्स्पेक्टर पदमा मागभन्दा कम उतिर्ण

हिमालीसंचार संवाददाता
२३७ पटक

काठमाडौैं। सशस्त्र प्रहरी बलको प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको भर्नामा मागभन्दा कम उत्तीर्ण भएका छन्।

शुक्रबार लोकसेवा आयोगले सार्वजनिक गरेको लिखित परीक्षाको नतिजाअनुसार कानुन उपसमूह तथा विभिन्न आरक्षणका कोटामा मागभन्दा कम उत्तीर्ण भएका हुन्।

कानुन उपसमूहअन्तर्गत ४ जना माग भएकोमा १ जना मात्र उत्तीर्ण भएका छन्। साधारण उपसमूहतर्फ महिलाको कोटामा ६ जना माग भएकोमा ४ जना मात्र लिखित परीक्षामा सफल भएका छन्।

त्यस्तै, मधेसीतर्फ १० जनाको कोटामा ४ जना, दलिततर्फ पाँचजनाको कोटामा दुई तथा अमर–अशक्त प्रहरीका सन्तानलाई छुट्याइएको एक पदमा कोही पनि उत्तीर्ण भएका छैनन्।

साधारण उपसमूहतर्फ खुलातर्फ भने ३८ जनाको माग भएकोमा ४७ जना उत्तीर्ण भएका छन्। आदिवासी जनजातितर्फ नाै जनामा ९ जना तथा पिछडिएको क्षेत्रको दुई कोटामा दुईजना सफल भएका छन्।

सुरक्षा निकायका कतिपय भर्नामा आवेदन नै कम पर्ने र मागभन्दा लिखित परीक्षामा कम उत्तीर्ण हुने प्रवृत्ति विगतदेखि नै छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...