News Portal

चर्को आलोचना भएपछि सागर ढकालका भाइले पठाए घरबेटीलाई कोठाभाडा

हिमालीसंचार संवाददाता
५४३ पटक

डडेल्धुरा। दाई बसेको कोठाको भाडा नतिरेको भन्दै चर्को आलोचना भएपछि सागर ढकालका भाइले डडेल्धुरामा रहेकी घरबेटीलाई रकम भुक्तान गरेका छन्। भाडा नतिरेको भन्ने समाचार सम्प्रेषण भएपछि उनका भाईले बाँकी रहेको १५ हजार खातामा पठाएको घरबेटी सीतादेवी भाटले बताइन्।

प्रतिनिधि सभा निर्वाचनका बेला डडेल्धुरामा कोठाभाडा लिएरका स्वतन्त्र उम्मेदवार सागर ढकालले भाडा नतिरेको पाइएको थियो।

डडेल्धुराको अमरगढी नगरपालिका–५ विद्युत् रोडमा कोठा भाडा लिएका ढकालले ८ महिनादेखिको भाडा नतिरेको घरधनी सीतादेवी भाटले बताएकी थिइन्। कोठामा ताला लगाएर ढकाल सम्पर्कविहीन रहेको उनको भनाइ थियो।

त्यसपछि विभिन्न सञ्चार माध्यममा समाचार आएपछि सागर ढकालले केही महिनाअघि मात्रै डडेल्धुरा आएको र आफू बस्ने घर चुहिने भएको भन्दै सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गरेका थिए।

घरबेटीले भने भाडा माग्दा ढकालले उल्टै आफ्नो अपमान गरेको बताएकी छिन्। ‘मेरो ढलान गरेको घर कसरी चुहिने भयो। उनले त्यसो भन्दा चित्त दुखेको छ। मैले उनका भाईलाई आएर सामान लग्नु र कोठा खाली गर्नु भनेको छु’ उनले भनिन्।

प्रहरीकोमा निवेदन दिने तयारी आवस्थामा रहेकी भाटले सम्पर्कविहीन भएका ढकालका बारेमा सञ्चारमाध्यममा बोलेकी थिइन्।

ढकाल २ महिनादेखि साउथ सुडानमा रहेको बताइएको छ। गतवर्ष सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा ढकाल पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग पराजित भएका थिए।

यो पनि पढ्नुहोस्।

सागर ढकालले डडेल्धुरामा तिरेनन् ८ महिनादेखिको कोठाभाडा 

प्रतिकृया दिनुहोस्

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...